काठमाडौं– अदालत परिसरमा धर्ना दिने क्रममा एक कानुन व्यवसायी घाइते भएका छन्।
प्रधानन्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै नेपाल बार एसोसिएसनले गरेको धर्नाका क्रममा प्रहरीको धरपकडका कारण अधिकवक्ता वीरेन्द्र पाठक घाइते भएका हुन्।
प्रहरीले कानुन व्यवसायीसँग रहेको माइक खोस्ने क्रममा उनी घाइते भएका थिए। उनको गोडाको हड्डी भाँचिएको बताइएको छ।
सोमवार अदालतको मुख्य प्रवेशद्वारमा धर्नासँगै नारावाजी स्हुन थालेपछि प्रहरीले माइक खोसेको थियो। माइक खोस्ने क्रममा अधिवक्ता पाठकमाथि आक्रमण भएको कानुन व्यवसायीले बताएका छन्।
प्रधानन्यायाधीश जबराको बहिर्गमनलाई मुख्य एजेन्डा बनाएर चरणबद्ध आन्दोलन गरिरहेको बारले शुक्रवारदेखि बिहान डेढ घण्टा सांकेतिक विरोध गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।