काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका –८ स्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गरेकी छन्। सोमबार बिहान उक कार्यक्रमबीच उनले मन्दिर पुनर्निर्माणको आरम्भ गरेकी हुन्।
तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले बताइन्। ‘स्थानीय तहले विशेष पहल लिएको छ,’ उनले भनिन्, ‘तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै पुनर्निर्माण कार्य सम्पन्न गरिनेछ।
मन्दिर २०७२ सालको भूकम्पले भत्किएको थियो। करिब ३८८ वर्ष पहिले पुनर्निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘जीवन संस्कृतिसँग जोडिएको छ, पुनर्निर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुनेछ।’
कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको संवद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उनले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउने बताइन्।
मन्दिर निर्माण प्राविधिक समितिका प्रमुख बाबुरत्न अवालले ४ करोड रुपैयाँ लागतमा एक वर्षभित्र मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। मन्दिर पुनर्निर्माण गत भदौ ३ गतेदेखि नै चालु रहे पनि आज औपचारिक थालनी गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।