काठमाडौं- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अपिलमा विश्वास गर्न नसकिने टिप्पणी गरेको छ।
आफ्नो राजीनामा माग गर्दै न्यायाधीश र नेपाल बारले आन्दोलन चर्काउँदै गएपछि सोमबार प्रधानन्यायाधीश राणाले एक विज्ञप्ति जारी गर्दै विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गरेका थिए।
उनले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्न तयार रहेको बताएका थिए। तर, उनको विश्वास गर्न नसक्ने बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन्।
प्रधानन्यायाधीश राणाविरुद्ध सर्वोच्चमा सोमबार धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाको विश्वास गर्न नसकिने बताउँदै आजै राजीनामा दिन आग्रह गरेका हुन्।
'प्रधानन्यायाधीशको विश्वास गर्न सकिने अवस्था छैन, बरु आजै राजीनामा दिएर निकास दिनुस्' श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।