काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न आफू तयार रहेको उल्लेख गरेका छन्।
आफ्ना राजीनामा माग गर्दै न्यायाधीश र बार एसोसिएसनले आन्दोलन चर्काउँदै लगेपछि प्रधानन्यायाधीश राणाले आफू न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन सहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्न तयार रहेको बताएका हुन्।
'यस गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै न्यायपालिकाको संस्थागत सुधार र सबलीकरणका लागि हामीबीच हालसालै भएको संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव एवं माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन सहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन म सधैं तयार गरेको कुरा यथार्थ पुनः अनुरोध गर्न चाहन्छु' राणाले विज्ञप्तिमा भनेका छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।