काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफूसहितका १० वटा इजलास तोकेका छन्। उनले २९८ वटा मुद्दाको पेसी राख्दै इजलास तोकेका हुन्।
राणाले आफ्नो पनि एकल इजलास तोक्दै ५ वटा मुद्दा पेसीका लागि राखेका छन्।
बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गर्ने बताउँदै आएका न्यायाधीशहरुको इजलासमा आज पनि जबरजस्ती करणी, ठगी, लागुऔषध खैरो हिरोइन, डाका, कर्तव्य ज्यान, चोरी शिकारी, मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक, वैदेशिक रोजगार, भ्रष्टाचार लगायतका सबै प्रकृतिका मुद्दाको पेसी तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।