फाइल तस्बिर।
काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र (समन्वय समिति) राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको बताएका छन्।
आइतबार देउवानिवास बूढानीलकण्ठमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेता प्रकाशमान सिंहले राजनीतिक संयन्त्रप्रति प्रश्न उठाएपछि देउवाले यसको जवाफ दिएका हुन्।
गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो। जसको कांग्रेसका नेताहरूले बिरोध जनाउँदै आएका थिए।
बैठकमा देउवाले राष्ट्रिय सभाको उपनिर्वाचनभन्दा उता संयन्त्रले काम नगर्ने बताए। उनले आउँदो निर्वाचन कांग्रेसले एक्लै लड्ने पनि बताए।
'चुनावमा गठबन्धन हुँदैन। एक्लै लड्ने हो। तालमेल गर्ने कुनै सहमति भएको छैन', बैठकमा देउवाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।