काठमाडौं- नेकपा एकीकृत समाजवादीका प्रवक्ता एवं उपमहासचिव जग्गनाथ खतिवडाले सर्वोच्च अदालतको विवादमा आफ्नो पार्टी एक्लैले अहिले केही नबोल्ने बताएका छन्।
आइतबारसम्म दुई दिन चलेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘पहल सुरु गर्नेछौं। गठबन्धन र सरकारको एउटै धारणा आउनु जरुरी छ। सबैलाई साझा धारणा निर्माण गर्ने काममा छौं। एक्लै नबोल्ने, सबैलाई बोल्न लगाउने हो,’ उनले भने, ‘साझा धारणा जे हुन्छ त्यही बोल्छौं। एक्लै बोल्दैनौं। यसका विषयमा हामीले बरु पहल गर्छौं।’
उनले अदालतमा देखिएको समस्याको समाधान जहाँबाट भएको हो त्यहीँबाट हुनुपर्ने मान्यता रहेको भन्दै आफ्नो व्यक्तिगत विचार प्रधानन्यायाधीशले नै राजीनामा दिएर निकास दिनुपर्ने रहेको बताए।
‘समस्याको समाधान जहाँबाट विवाद भयो त्यहीँबाट हुन्छ,’ उनले भने,‘निकास खोज्ने ठाउँ त त्यही हो। गठबन्धनले एउटै धारणा बनाउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।