• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चमा झण्डै भएको त्यो झडप: प्रधानन्यायाधीशले गुण्डा परिचालन गरे?

64x64
दुर्गा दुलाल आइतबार, कात्तिक २८, २०७८  २०:३७
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीले दोस्रो दिन (आइतबार) पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वार (मूल गेट) अगाडि धर्ना दिए।  

सर्वोच्चमा धर्ना दिनका लागि आइतबार बिहान १० बजे नै कानुन व्यवसायीहरू नेपाल बार एसोसिएसनको प्राङ्गणमा भेला भइसकेका थिए। कानुन व्यवसायीहरू नेपाल बार र सर्वोच्च अदालतको भवनको बीचमा रहेको गेटबाट छिरेर सर्वोच्चको मूल गेटमा पुगेका थिए। 

सर्वोच्चमा धर्ना सुरु गर्दाको पहिलो दिन (शुक्रबार) भने कानुन व्यवसायीलाई बारको भवनसँग जोडिएको गेटबाट सर्वोच्च प्रवेश गर्न दिइएको थिएन। शुक्रबार कानुन व्यवसायीले गेट बाहिरै बसेर धर्ना दिएका थिए। 

आइतबार बारका पदाधिकारीसहित कानुन व्यवसायीहरूले मूल गेटमा धर्ना दिइरहेको बेला प्रधानन्यायाधीश राणा भने ११ बजेको समयमा वैकल्पिक ढोकाबाट सर्वोच्च छिरे। शुक्रबारजस्तै आइतबार पनि राणा महान्यायाधिवक्ता कार्यालयसँगै रहेको प्रवेशद्वारबाट सर्वोच्च प्रवेश गरे। 

सुरक्षाकर्मीको घेरामा रहेर वैकल्पिक बाटोबाट राणा सर्वोच्च छिर्दा धर्नामा रहेका कानुन व्यवसायीहरूले नाराबाजी र भाषण गरिरहेका थिए। मूल गेट बन्द थियो भने कानुन व्यवसायीहरू सर्वोच्च भित्र धर्नामा बसिरहेका थिए। 

बारको अगुवाइमा कानुन व्यवसायीको धर्ना सुरु नहुँदै आइतबार बिहान केही कानुन व्यवसायीले प्रधानन्यायाधीश राणाको पक्षमा नाराबाजी पनि गरेका थिए। प्रहरीले उनीहरूलाई तत्कालै नियन्त्रणमा लिएको थियो। 

प्रधानन्यायाधीश राणा अदालत प्रवेश गरिसकेका थिए। कानुन व्यवसायीहरू अदालतको भित्र (मूल गेट छेउमा) शान्तिपूर्ण धर्नामा थिए। करिब ११:३० बजेतिर केही युवा सर्वोच्च अदालतको मूल गेट अगाडि (सडकमा) जम्मा भए। उनीहरू लगातार मोटरसाइकलको हर्न बजाउन थाले। 

nimb
nimb
Ncell 2
Ncell 2

गेट अगाडि जम्मा हुने युवाहरूको संख्या बढ्दै गयो। त्यसपछि त्यहाँ 'सर्वोच्च अदालत बन्द गर्न पाइँदैन' भन्दै नाराबाजी सुरु भयो। नाराबाजी मात्र हैन, सर्वोच्चको गेट अगाडि जम्मा भएकाहरूले सर्वोच्च भित्र धर्नामा बसेका कानुन व्यवसायीमाथि गालीगलौज समेत गर्न थाले। 

प्रधानन्यायाधीश राणा वैकल्पिक बाटोबाट भित्र छिर्दा धर्नामा बसेका कानुन व्यवसायीबाट भएको सुरु भएको नाराबाजी रोकिइसकेको थियो। धर्नामा रहेकामध्ये केही कानुन व्यवसायीले भाषण गर्नुबाहेक सर्वोच्चको माहोल 'शान्त' नै थियो। तर, गेटमा जम्मा भएको समूहले धर्नामा बसेकामाथि गालीगलौज गर्न थालेपछि भने सर्वोच्च परिसरको माहोल गर्माउन थाल्यो। 

गेट बाहिर भएकाहरू भित्र छिर्न खोजिरहेका थिए भने भित्र धर्नामा बसेका कानुन व्यवसायीले पनि उनीहरूको 'प्रतिवाद' गर्न तयार हुन थाले। सर्वोच्च परिसर एकाएक रणमैदान बन्ने अवस्था देखिन थाल्यो। 

गेट बाहिर रहेको समूह उग्र बन्न थालेपछि प्रहरीले हस्तक्षेप गरेर उनीहरूलाई त्यहाँबाट हटायो। करिब आधा घण्टाको कोलाहलपछि १२ बजेदेखि बारले आफ्नो धर्ना स्थगित गर्‍यो। 

कानुन व्यवसायीको आरोप– 'राणा अब गुण्डानाइके भए'
सर्वोच्चको गेटमा धर्ना दिन पुगेकामध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएकाहरू काठमाडौंमा हुने विभिन्न आपराधिक घटना (गुण्डागर्दी)मा संलग्न रहेकादेखि राजतन्त्र पक्षधरहरू रहेको खुलेपछि भने कानुन व्यवसायीहरू प्रधानन्यायाधीश राणाविरुद्ध झन् उग्र रुपमा प्रस्तुत भए। 

नेपाल बारका उपाध्यक्ष ईश्वरी भट्टराईले सर्वोच्च परिसरबाटै प्रधानन्यायाधीश राणा 'विचौलियाको नाइकेबाट गुण्डानाइके' भएको आरोप लगाए। प्रधानन्यायाधीश राणाले विचौलियाको पैसाबाट आफ्नो पक्षमा नाराबाजी गर्न सर्वोच्च अगाडि गुण्डाहरू उतारेको भट्टराईको आरोप थियो। 

महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार आइतबार सर्वोच्च अदालतको मूल गेट अगाडि भेला भएर 'उपद्रो मच्चाउने' क्रममा पक्राउ परेकामध्ये केही गुण्डागर्दीमा संलग्न व्यक्ति छन् भने केही राजतन्त्र पक्षधरहरू पनि छन्। 

यस्तै, निश्चित रकम लिएर विभिन्न समूह र राजनीतिक दलको कार्यक्रममा सहभागी भएर चर्का नारा लगाउने युवाहरू पनि आइतबार राणाको पक्षमा नाराबाजी गर्न सर्वोच्च पुगेका प्रहरी स्रोतले जानकारी दिएको छ।   

'सर्वोच्चको गेटबाट पक्राउ परेकामध्ये केही टोले गुण्डा पनि छन्। यसअघि राजतन्त्रको पक्षमा आन्दोलन गर्दै आएका युवा, निश्चित रकम लिएर जुनसुकै दल र समूहको पक्षमा नारा लगाउन पुग्ने युवाहरू पनि पक्राउ परेका छन्,' प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो। 

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले पनि प्रधानन्यायाधीश राणा र राणाका मान्छेले पैसा दिएर आफूहरूको आन्दोलन विथोल्नका लागि 'गुण्डा' परिचालन गरेको दाबी गरे। 

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलनविरुद्ध 'प्रतिआन्दोलन' गर्नेहरू प्रधानन्यायाधीश राणाकै मानिस भएको बताए। 

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल लगायतले न्यायालयको शुद्धीकरणका लागि भइरहेको आन्दोलन विथोल्न खोजिनु दु:खद भएको बताए। अदालतकै सहयोगी मानिने कानुन व्यवसायीले न्यायालयको शुद्धीकरणका लागि आन्दोलन गरिरहँदा त्यो आन्दोलन विथोल्न केही मानिसहरू कसैको पक्षमा नारा लगाउँछन् भने उनीहरू प्रायोजित नै भएको भनेर बुझ्न कुनै गाह्रो नहुने वरिष्ठ अधिवक्ता कार्कीको भनाइ छ। 

‘यदि कसैको बारेमा प्रश्न उठाएर आन्दोलन भएको छ भने त्यसको समर्थनमा को उत्रन्छ?’, उनले भने, ‘अवश्य पनि अहिले प्रधानन्यायाधीशको विरुद्ध आन्दोलन उठेकाले उनको समर्थनमा आउने भाडाका मानिस उहाँकै हुन्।’  

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै अदालतमा कालोपट्टी लगाएर उपस्थित हुने निर्णय गर्दा केही कानुन व्यवसायी सेतो पट्टी बाँधेर राणाको पक्षमा उभिएका थिए। तर, पछिल्लो समय भने सेतो पट्टीवाला कानुन व्यवसायीको संख्या घट्दै गएको थियो। 

प्रधानन्यायाधीश राणाको पक्षमा सेती पट्टी बाँधेरे उत्रिने कानुन व्यवसायीहरू घट्दै गएपछि आइतबार 'भाडाका गुण्डा' सडकमा उतारिएको आन्दोलनरत कानुन व्यवसायीहरूको दाबी छ।


तस्बिरहरू– निमेषजंग राई

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्