काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अस्पतालबाट डिस्चार्ज भएका छन्। रक्तचाप बढेपछि शनिबार अस्पताल भर्ना भएका प्रचण्ड आइतबार डिस्चार्ज भएका हुन्।
'डोल्पाको हिमाली क्षेत्रसहित देशका विभिन्न जिल्लाको भ्रमणका कारण रक्तचाप बढेको हुनसक्ने भनेर चिकित्सकले भन्नुभएको छ,' प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने, 'अरु त्यस्तो जटिल खालको समस्या केही नदेखिएपछि आज अध्यक्ष डिस्चार्ज हुनुभएको छ।'
महराका अनुसार चिकित्सकहरुले प्रचण्डलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन्। टाउको दुख्ने समस्या देखिएपछि प्रचण्डले शनिबार घरमै स्वास्थ्य परीक्षण गराएका थिए। स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप (ब्लड प्रेसर) बढेको देखिएपछि उनी ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।