काठमाडौं– नेपाली कांग्रेसको आज (आइतबार) बस्ने भनिएको केन्द्रीय समितिको बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलोसम्म पनि सुरु हुन सकेको छैन।
कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको थियो।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भनिएको छ।
केन्द्रीय समितिको बैठकमा पेस गरिने अजेण्डाका विषयमा छलफल गर्न अहिले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसिरहेको छ।
पदाधिकारी बैठक सकिएपछि केन्द्रीय समितिको बैठक बस्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।