काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी सक्रिय सदस्यको संख्या साढे ५ लाख पुगेको बताएका छन्।अझै २ लाख पार्टी सदस्य पार्टीको सफ्टवयरमा इन्ट्री गर्न बाँकी रहेको उनले बताए।
माओवादीको सक्रिय सदस्य आठ लाख पुर्याउने लक्ष्य भएपनि समयमै पार्टी सदस्यता उपलब्ध नहुँदा सफ्टवयरमा राख्न ढिला भएको महराले बताए।
‘पार्टी सदस्यता लिनेको संख्या उत्साहजनक पाइयो। त्यसैले समयमै सफ्टवयरमा पार्टी सदस्यता समावेश गर्न नसक्नेलाई हार्डकपी जम्मा गरेर जिल्ला प्रदेश हुँदै केन्द्रमा पठाउन भनिएको छ’, नेपाल लाइभसँग कुरा गर्दै महराले भने,‘सफ्टवयर र हार्डकपी सबै एक ठाउँमा जम्मा भएमा सक्रिय पार्टी सदस्यको संख्या आठ लाख भन्दा धेरै हुन्छ।’
पार्टी सदस्यता समयमै सफ्टवयरमा इन्ट्री गर्न नसक्नेलाई फारम भरेर केन्द्रीय कार्यालय पठाएपछि त्यहीँबाट कर्मचारीले इन्ट्री गर्ने महराले बताए। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११-१३ गतेसम्म काठमाडौंमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।