सबै तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकोे राजीनामा माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च परिसरभित्र धर्ना दिइरहेका छन्। कानुन व्यवसायीहरुले अदालती प्रक्रिया ठप्प पारेर धर्ना दिइरहँदा अदालतबाहिर भने न्यायालय बन्द गर्न पाइँदैन भन्दै नाराबाजी सुरु भएको छ।
मोटरसाइकलमा आएका केही युवाहरुको समूहले सर्वोच्चबाहिर अदालती कारबाही सुरु गर्नुपर्ने भन्दै नाराबाजी गरेका हुन्। पक्षविपक्षबीच दोहोरो झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
बार पदाधिकारी तथा कानुन व्यवसायीहरु प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै सर्वोच्च परिसरको मूल गेटमै धर्ना बसेका थिए। प्रधानन्यायाधीश वैकल्पिक बाटोबाट अदालत प्रवेश गरेकाले अहिले कानुन व्यवसायीहरु अदालतभित्रे नाराबाजी गरिरहेका छन्।
सर्वोच्चभित्र कानुन व्यवसायीले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्न थालेपछि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।
बब





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।