काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन्। आइतबार बिहान कानुन व्यवसायीहरु सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेपछि प्रधानन्यायाधीश जबरा महान्यायाधिवक्ताको कार्यालय वैकल्पिक बाटोबाट अदालत प्रवेश गरेका हुन्।
राणा पौने ११ बजेतिर महान्यायाधिवक्ताको कार्यालय वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गरेका हुन्। नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीहरु प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्। राणाले भने राजीनामा नदिने अडान लिएका छन्।
राणालाई अदालत प्रवेशमा रोक लगाउन आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र राणा पक्षधर कानुन व्यवसायीबीच झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अदालत परिसरको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।