काठमाडौं– सर्वोच्च परिसरभित्र कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकोे राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायी सुरक्षाकर्मीबीच धकेलाधकेल भएको हो।
बार पदाधिकारी तथा कानुन व्यवसायीहरु प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै सर्वोच्च परिसरको मूल गेटमै धर्ना बसेका छन्। सर्वोच्चभित्र कानुन व्यवसायीले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्न थालेपछि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।
यसैबीच, तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेटबाहिर नाराबाजीसमेत भइरहेको छ। सो क्रममा नाराबाजी गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्षविपक्षबीच दोहोरो झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।