काठमाडौं – आज देशका केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ।
अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति प्रदेश १, गण्डकी सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।त्यस्तै, अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
त्यसैगरी, गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। देशभर न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।