काठमाडौं- दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गर्ने भएका छन्।
अमेरिकी स्टेट डिपार्टमेन्टले शनिबार एक विज्ञप्ति जारी गरी लु आगामी बुधबार (मंसिर १ गते) काठमाडौं आउन लागेको जानकारी दिएको हो।
उनी नोभेम्बर १५ मा माल्दिभ्सको राजधानी माले पुग्ने छन्। मालेमा त्यहाँका विदेशमन्त्री अहमद खलिल, अन्य वरिष्ठ सरकारी अधिकारीहरू र नागरिक समाजका नेताहरूसँग भेटेर त्यतैबाट उनी नेपाल आउन लागेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।