काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्।
आज दिउँसो रक्तचाप बढेपछि उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
रुघा खोकीसहितको समस्या देखिएपछि प्रचण्ड शुक्रबार पार्टी केन्द्रीय कमिटीको 'भर्चुअल' बैठकमासमेत सहभागी भएका थिएनन्।
'पछिल्लो समयको धपेडीका कारण होला स्वास्थ्यमा केही समस्या देखिएको छ,' माओवादी केन्द्रका एक नेताले नेपाल लाइभसँग भने।
बिरामी परेसँगै प्रचण्डका भेटघाटका कार्यक्रम बन्द गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।