काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्वस्थ भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड यतिबेला घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
रुघा खोकिसहितको समस्या देखिएपछि प्रचण्ड शुक्रबार पार्टी केन्द्रीय कमिटीको भर्चुअल बैठकमा समेत सहभागी भएका थिएनन्।
'पछिल्लो समयको धपेडीका कारण होला स्वास्थ्यमा केही समस्या देखिएको छ। उहाँ अहिले घरमै आराम गरिरहनु भएको छ,' माओवादी केन्द्रका एक नेताले नेपाल लाइभसँग भने।
बिरामी परेसँगै प्रचण्डका भेटघाटका कार्यक्रम बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।