काठमाडौं- केन्द्रीय तथ्यांक विभागले सभामुख अग्निप्रसाद सापकोटाको पारिवारिक तथ्यांक संकलन गरेको छ।
शनिबार विहान लैनचौरस्थित निवासमा पुगेको विभागको टोलीलाई सभामुख सापकोटाले राष्ट्रिय जनगणना–२०७८ मा आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका हुन्।
सो अवसरमा सभामुख सापकोटाले जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन सबैमा आव्हान गरे।
जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा राम कुमार फुँयालको नेतृत्वमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठसहितको टोली तथ्यांक संकलनका लागि सभामुख निवास पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।