काठमाडौं– नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्दै सबै कमिटीमा 'एक व्यक्ति एक पदको' अवधारणा लागू गर्ने निर्णय गरेको छ।
शुक्रबार भर्चुअल माध्यमबाट बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले भोलि (शनिबार)देखि वडा तहको सम्मेल गर्दैछ।
शुक्रबारको केन्द्रीय समितिको बैठकको निर्णयानुसार अब कुनै पनि व्यक्ति एउटा कमिटीमा मात्रै बस्न पाउने छ।
यसअघि केन्द्रीय र स्थायी समितिका सदस्यहरु प्रदेशका समितिको समेत जिम्मेवारीमा रहने गरेका थिए।
शुक्रबारको बैठकले प्रदेश र पालिका कमिटीमा ७ जना पदाधिकारी हुने निर्णय गरेको छ। यस्तै, वडा कमिटीमा ५ र टोल कमिटीमा अध्यक्ष र सचिव गरी २ पदाधिकारी रहने व्यवस्था समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।