काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सर्वोच्च अदालतमा देखिएको विवादमा राजनीतिक दल र सरकार मौन बस्न नहुने बताएका छन्।
शुक्रबार बसेको पौडेल पक्षीय कांग्रेस नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
‘न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाका बीचमा जुन किसिमको समस्या देखिएको छ। अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश एकातिर, अरु न्यायाधीश र बार अर्को तिरको स्थिति छ,’ उनले भने, ‘यसमा दलहरु र सरकार मौन हुनु हुँदैन। हामीले रामचन्द्र जीलाई संयन्त्रले बोलोस् भनेर भनेका छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।