• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

...अनि कालो कोटबाट न्यायालय असुरक्षित भयो !

64x64
दुर्गा दुलाल शुक्रबार, कात्तिक २६, २०७८  २१:०१
1140x725
तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।

काठमाडौं– उमेरले ९४ वर्ष पुगेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी नेपाली न्यायिक तथा कानुनी क्षेत्रका सम्भवतः सबैभन्दा पाका कानुन व्यवसायी हुन्। वरिष्ठ अधिवक्तादेखि सर्वोच्च अदालतका न्यायाधीशसम्मले उनलाई ‘गुरुदेव’ भनेर सम्मान गर्छन्। 

२०१४ सालदेखि वकालतमा सक्रिय उनी अहिले पनि पुतलीसडकमा रहेको आफ्नो ल फर्मबाट हिँडेरै सर्वोच्च अदालत पुग्छन्। जीवनमा धेरै न्यायाधीशका इजलास भोगेका भण्डारीले धेरैका लागि बहस, पैरवी गरे। अन्यायमा परेका धेरैलाई न्याय दिलाउन सक्रिय भएर लागे। 

सास रहेसम्म ‘न्यायको कर्म’मा सक्रिय रहने अठोट लिएका भण्डारीले अदालतको अवहेलनाका मुद्दा पनि खेपे। तर, शुक्रबार भने जीवनकै अर्को अप्रिय स्मरण ‘संगाल्नु’ पर्‍यो। सर्वोच्च अदालतको प्रवेशद्वारमा ताल्चा लगाइएका कारण अदालत छिर्न नपाउनु उनका लागि अप्रिय स्मरण बन्न पुग्यो। 

‘दोस्रोपटक सर्वोच्च अदालतको मूल गेट कालो कोट लगाएका कानुन व्यवसायीहरुका लागि बन्द भयो,’ वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘मेरो वकालत जीवनमा पहिलोपटक म प्रधानन्यायाधीशको विरोधमा बन्द गेटमा नारा लगाउन पुगेँ, अनि कालो कोटबाट न्यायालय असुरक्षित भयो।’ 

भण्डारी नेपाल ल क्याम्पसका पहिलो ब्याचका विद्यार्थी हुन्। २०१३ सालमा काठमाडौंमा ल कलेज खुलेको थियो। २०१४ सालमा वकिलको लाइसेन्स लिएर उनले वकालत सुरु गरेका हुन्। 

२०३२ सालमा उनी कम्युनिस्टको आरोपमा  कलेजबाट निकालिए अनि २०४७ सालमा पुनर्वहाली समेत पाए। तर, उनले अब पढाउने हैन वकालत गर्ने भनेर राजीनामा दिएर हिँडे । १६ वर्ष ल कलेजमा प्राध्यापन गरेका भण्डारीका धेरै ‘चेला’ न्याय क्षेत्रको सर्वोच्च पद प्रधानन्यायाधीशसम्म बनेका छन्। अहिलेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पनि भण्डारीलाई ‘गुरु’ भनेर सम्मान गर्छन्। 

न्याय क्षेत्रको सर्वोच्च आसनमा रहेका आफ्ना चेला (जबरा)को विरुद्धमा ‘गुरुदेव’ भण्डारीले शुक्रबार सर्वोच्चको गेट अगाडि धर्ना दिए। जबराकै आदेशमा सर्वोच्चको मूल गेटमा ताला लगाइयो र भण्डारीसहित कालो कोट लगाएका दर्जनौं वकिलहरुलाई भित्र छिर्न दिइएन। 

‘अदालतमा  भ्रष्टाचार छ भनेर मैले गरेको आन्दोलन नयाँ होइन,’ भण्डारीले शुक्रबार नेपाल लाइभसँग भने, ‘मैले धेरै प्रधानन्यायाधीशको समयमा आन्दोलन गरेको छु। देश दौडाहा समेत गरेको छु।’ 

Ncell 2
Ncell 2
nimb
nimb

भण्डारीका लागि विर्सन नसकिने अर्को घटना छ– नैनबहादुर खत्री (२०३३ साउन २४ गतेदेखि २०४२ मंसिर २५ गतेसम्म) प्रधानन्यायाधीश भएका बेलाको। भण्डारीले नेपाल बार एसोसियसनको राष्ट्रिय सम्मेलनबाट ‘न्यायालयमा भ्रष्टाचार बढेको र भ्रष्टाचारीलाई कारबाही नहुने हो भने न्यायालयमाथिको विश्वास समाप्त हुन्छ’ भन्ने प्रस्ताव पारित गराए। ‘यो प्रस्ताव प्रस्तावमा मात्र सीमित भएन। पछि हामीले प्रधानन्यायाधीश छान्ने राजाले यो विषयमा ध्यान दिनुपर्छ भनेर दरबारमा बारको संस्थागत पत्र नै बुझायौं,’ भण्डारीले भने। 

प्रधानन्यायाधीश खत्रीसहित त्यतिबेलाका धेरै न्यायाधीश उनीसँग रिसाए। केहीले त न्यायाधीश हुनका लागि ‘राजाकोमा बिन्ती-पत्र हालेको’ भनेर समेत ‘गाली’ गरे। 

‘राजाकोमा बिन्ती पत्र हालेको’ भनेर आलोचना भइरहेका बेला दरबारबाट उनलाई त्यस्तै प्रस्ताव आयो– प्रधानन्यायाधीश हुने गरी सर्वोच्च अदालतको न्यायाधीश हुन। ‘तुलसी गिरीमार्फत् सन्देश पठाएर मलाई दरबारमा लिन पठाइएको थियो। तर, मैले अस्वीकार गरेँ। म विकृतिको अन्त्य हुनुपर्ने पक्षमा थिएँ,’ भण्डारी सम्झन्छन्।    

पञ्चायती व्यवस्थाको चरम रुप प्रदर्शन हुने समयमा न्यायपालिकाका विकृतिविरुद्ध उभिएका भण्डारीलाई लोकतान्त्रिक व्यवस्थाको न्यायालय कसरी जोगिएला भन्ने चिन्ता छ। ‘अदालतमा वकिलहरुलाई निषेध गरिँदै छ। कालो कोट लगाउनेलाई अदालतमा छिर्न नदिन हतियारधारी सुरक्षाकर्मी खटाइँदैछ। यी सबै राम्रो लक्षण हैनन्,’ भण्डारी भन्छन्।     

००००

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की शुक्रबार बिहान सर्वोच्च अदालत पुग्दा गेट बाहिरै सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। मूल गेटमा ताल्चा लगाइएको थियो भने गेटका अगाडि बन्दुक बोकेका सशस्त्र प्रहरी थिए। गम्भीर विषयमा विद्वानहरुले तर्क र बहस गर्ने थलोमा ‘विद्वान’ अधिवक्ताहरुलाई नै रोक्न हतियारधारी प्रहरी परिचालन गरिएको देखेर कार्की आक्रोशित बने। 

उनले सर्वोच्चबाटै गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरे। ‘यत्रो प्रहरी केका लागि? अदालत, त्यो पनि सर्वोच्च अदालत कालो कोट लगाउने वकिलबाट असुरक्षित हुन्छ?’ उनले गृहमन्त्रीसँग आक्रोश पोखे। 

कार्कीले गृहमन्त्रीलाई आधा घण्टाभित्र सर्वोच्चबाट सशस्त्रसहितको प्रहरी फिर्ता गर्न भने। ‘अदालत भनेको गम्भीर विषयमा विद्धानहरुले तर्क, बहस गर्ने पवित्र स्थान हो। प्रहरी लगाएर, मूल गेटमै वकिलहरुलाई थुनेर के सन्देश दिन खोजिँदैछ?’ कार्कीले आक्रोश पोखे।  

कार्कीले गृहमन्त्रीलाई फोन गरेको केही समयपछि सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी बाहिरियो। 

००००

कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग मन्त्रिपरिषद्सहित विभिन्न नियुक्तिमा हिस्सा खोजेको, इजलास गठन र पेसी तोक्ने कार्यमा बदनियत राखेको, आफूविरुद्धका मुद्दाको सुनुवाई रोकेको तथा न्यायपालिकामा देखिएको विकृति र विसंगति अन्त्यका लागि कुनै पहल नगरेको भन्दै कात्तिक ७ गतेदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ‘आन्दोलन’ थालेका थिए। न्यायाधीशहरुले इजलास बहिस्कार गरेर राजीनामा मागेपछि नेपाल बार एसोसिएसनले पनि औपचारिक निर्णय गर्दै जबराविरुद्ध आन्दोलनको घोषणा गरेको थियो। 

बारले तिहारअगाडि नै जबरालाई पदबाट राजीनामा दिन अल्टिमेटम दिएको थियो। आफूमाथि गम्भीर आरोप लागे पनि प्रधानन्यायाधीशले राजीनामा नदिने बताउँदै आएका छन्। 

राजीनामा नदिने अडान लिएका जबरालाई सर्वोच्च छिर्न नदिने भनेर शुक्रबार बिहानैदेखि बारको अगुवाइमा कानुन व्यवसायीहरु सर्वोच्चको मूल गेटमा भेला भएका थिए। अदालत परिसरमा धर्ना दिन खोजेका कानुन व्यवसायीलाई सुरक्षाकर्मीले मूल गेटबाट भित्र छिर्न दिएनन्। 

प्रधानन्यायाधीश जबरा भने महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको वैकल्पिक द्वारबाट सर्वोच्च छिरेका थिए। 

दोस्रो पटक बन्द भयो सर्वोच्चको गेट 
पुराना कानुन व्यवसायी एवं वरिष्ठ अधिवक्ताहरुका अनुसार नेपालको न्यायिक इतिहासमा शुक्रबार दोस्रोपटक सर्वोच्च अदालतको मूल गेटमा ताल्चा लगाएर कानुन व्यवसायीलाई प्रवेश निषेध गरिएको हो। सर्वाच्च न्यायालयको मूल गेट बन्द गरेर आफू भित्र पस्ने जबरा दोस्रो प्रधानन्यायाधीश भएको वरिष्ठ अधिवक्ता भण्डारीले सुनाए। 

२०४६ चैत २७ गते पहिलो पटक सर्वोच्चको मूल गेट बन्द भएको थियो। ‘पञ्चायतको अन्तिम दिन कानुन व्यवसायीहरु कुुसुम श्रेष्ठ, वासुदेव शर्मालगायत क्षेत्रीय अदालत रत्नपार्कवाट सर्वोच्च अदालतसम्म जुलुस लिएर आएका थियौं। सर्वोच्चको मूल गेटमा धर्ना दिएर पञ्चायतले नियुक्त गरेका प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्ने कार्यक्रम थियो,’ भण्डारीले भने, ‘वकिलहरूले धर्ना दिने भएपछि तत्कालीन प्रधानन्यायाधीशले मूल गेट नै बन्द गराए। झन्डै दुई मिनेट गेट बन्द गरिएको थियो।’

त्यतिबेला धनेन्द्रबहादुर सिंह (२०४२ मंसिर २६ देखि २०४८ साउन २ सम्म) प्रधानन्यायाधीश थिए। आफूविरुद्ध नाराबाजी भएपछि मूल गेटमा ताल्चा लगाउन लगाएका सिंहले नाराबाजी झन् चर्को बनेपछि ताल्चा खोल्न लगाएका थिए। 

‘राणा अब प्रधानन्यायाधीश रहेनन्’ 
वरिष्ठ अधिवक्ताहरुले चोलेन्द्र शमशेर जबरा अब प्रधानन्यायाधीश नरहेको र उनले प्रधानन्यायाधीश रहने नैतिकता गुमाएको दाबी गरेका छन्। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले जबराले प्रधानन्यायाधीश रहने नैतिकता र अधिकार दुवै गुमाएको बताए। 

‘अदालतको एक पक्ष कानुन व्यवसायीलाई अदालत छिर्न नदिने, सहकर्मीले बहिस्कार गर्नुपर्ने, तीन हप्तासम्म मुद्दा सुनुवाई नहुँदा सेवाग्राहीका लागि केही गर्न नसक्ने व्यक्ति अब कसरी न्यायपालिकाको नेतृत्वमा रहनसक्छ,’ कार्कीले भने, ‘यी सबै काम गर्नका लागि प्रधानन्यायाधीश बनाएको हो। यो हुँदैन र गर्न सक्दैनन् भने केका लागि प्रधानन्यायाधीश?’ 

जबराले आफ्नो पद संवैधानिक रुपमा कायम रहेको भ्रम पालेको भएपनि अब त्यस्तो भ्रम पाल्ने अवस्था नरहेको वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले बताए। मूल ढोकामा ताल्चा लगाएर चोर बाटोबाट अदालत छिर्ने, न्यायको चिरहरण गर्नेलाई न्यायपालिकाको नेतृत्वको रुपमा कसैले पनि स्वीकार गर्न नसकिने अवस्था आएको थापाले दाबी गरे। 

महाभारतमा कौरवहरुले द्रौपदीको चिरहरण गरेको प्रसंग उल्लेख गर्दै थापाले भने, ‘राणाले त्यसैगरी न्यायालयको बस्त्रहरण गरेका छन्।’

वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि अब जबरा प्रधानन्यायाधीश नरहेको दाबी गरे। दलहरु अहिलेसम्म मौन रहे पनि अब बोल्नैपर्ने अवस्था आएको उनले बताए। दलहरु अब पनि नबोले बारले उनीहरुविरुद्ध पनि आन्दोलन सुरु गर्ने दाहालले चेतावनी दिए। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  २१:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर... मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई ह... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्