फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू नै सभापतिको उम्मेदवार हुनुपर्ने दाबी नगरेको बताएका छन्।
शुक्रबार बत्तीसपुतलीमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘रामचन्द्र पौडेलले म नै हुनुपर्छ भन्नुभएको छैन,’ उनले भने, ‘म पनि मिलाउने पक्षमा नै छु।’
आफ्नो समूहका चार जना आकांक्षीलाई मिलाउने जिम्मा वरिष्ठ नेता पौडेललाई दिन आग्रह गरिएकोसमेत उनले बताए। 'हाम्रो पक्षका चार जना मिलाउने जिम्मा रामचन्द्र पौडेललाई दिऔँ। केन्द्रीय समिति बैठकलगत्तै चार जनाको बैठक बोलाउनुस् भन्यौँ। हामी चारमध्ये एकमात्रै सभापतिको उम्मेदवार बन्न नसके शेरबहादुरजीलाई बुझाइदिए हुन्छ,' महामन्त्री कोइरालाले भने।
अर्का नेता प्रकाशमान सिंह आजको बैठकमा सहभागी नभएकोबारे सञ्चारकर्मीको जिज्ञासामा उनले उनले नेता सिंह उपत्यकाबाहिर भएकाले मात्र उपस्थित नभएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।