काठमाडौं– नेपाली कांग्रेसले शनिबारका लागि पदाधिकारीको बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ।
आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरिने विषय र अजेण्डा निर्धारण गर्न पदाधिकारी बैठक बोलाइएको हो।
बैठकमा १४औं महाधिवेशनका विषयमा पनि छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।