काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा हेरफेर गरिएको छ।
प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महारालाई माओवादीको लुम्बिनी प्रदेश सहइन्चार्जको जिम्मेवारी दिइएको छ। अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई प्रचण्डको स्वकीय सचिव नियुक्त गरिएको छ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटालाई पनि जिम्मेवारीबाट हटाएको छ। उनलाई प्रेस सेन्टरको नेतृत्वमा ल्याउने तयारी भएको माओवादी केन्द्रका एक नेताले बताए।
कसलाई प्रेस संयोजक बनाउने भन्ने टुंगो लागिनसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।