फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक बत्तीसपुतलीमा सुरु भएको छ।
बैठकमा महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरु डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापा, चन्द्र भण्डारी, कमला पन्त, कानुनमन्त्री दिलेन्द्र बडुलगायत नेताहरु सहभागी रहेका छन्।
सभापतिमा आफ्नो पक्षबाट एकल उम्मेदवार उठाउने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए।
बैठकले आइतबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो पक्षको धारणा तय गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।