काठमाडौं– नेकपा एमालेले पार्टीको १०औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत १०औं महाधिवेशनको लोगो सार्वजनिक गरिएको हो।
लोगोमा लोपोन्मुख वन्यजन्तु गैंडालाई पनि 'फिचर' गरिएको छ। लोगोमा गैंडाले कम्युनिस्ट पार्टीको (हँसिया हथौडा अंकित) झण्डा बोकेको देखाइएको छ।
एमालेले मंसिर १०, ११ र १२ गते चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्दै छ। महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ।
महाधिवेशनका लागि एमालेले पार्टीका संगठित सदस्यबाट रकम समेत संकलन गरिरहेको छ। पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीका सदस्यहरुलाई अनलाइन पेमेन्ट गेटवे (ईसेवा लगायत)बाट पार्टीको खातामा कम्तीमा १०० रुपैयाँ जम्मा गर्न सकिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।