फाइल तस्बिर
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबारका लागि पेसी तोकेका सातवटा मध्ये चारवटा इजलासमा उनी समर्थक अधिवक्ताहरुले बहस गरिरहेका छन्।
न्यायालय चल्नुपर्छ भन्दै सेतो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका अधिवक्ता स्वागत नेपालसहितका कानुन व्यवसायीहरुले सर्वोच्चमा शुक्रबारलाई तोकिएका चारवटा इजलासमा बहस गरेका हुन्। न्यायिक इतिहासमा अधिवक्ताहरुले खाली इजलासमा बहस गरिरहेको यो अनौठो दृश्य हो।
ती चारवटै इजलासमा न्यायाधीश र कर्मचारी दुवै उपस्थित थिएनन्। न्यायाधीशहरुले प्रधानन्याधीशविरुद्ध कात्तिक ८ गतेदेखि आन्दोलन गर्दै इजलास बहिष्कार गरिरहेका छन्।
न्यायालय चल्नुपर्ने पक्षका वकिलहरुले इजलास नम्बर ७, ६, ४ र ३ मा सांकेतिक बहस गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।