काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब बारले चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीश नमान्ने बताएका छन्।
शुक्रबार नेपाल बार एसोसिएसनद्वारा आयोजित सर्वोच्च अदालत घेराउपछिको कोण सभामा अध्यक्ष श्रेष्ठले राणालाई प्रधानन्यायाधीश नमान्ने भन्दै राजीनामा दिन आग्रह गरे।
'अब बारले चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशको रुपमा मान्ने छैन' उनले भने।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाले बालुवाटारमा विचौलिया भेट्ने तर, अदालतमा न्यायाधीश नभेट्ने काम गरेको र त्यो राम्रो नभएको बताए।
प्रधानन्यायाधीश राणाले राजीनामा नदिए देशभरका अदालत बन्द हुनसक्ने उनले बताए। 'देशभर अदालत बन्द हुन सक्छन्। बालुवाटर निषेधको कार्यक्रम हुन सक्छ,' उनले भने, 'आतबार पनि सर्वोच्चको गेटमा धर्ना दिने छौं।'
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाले राजीनामा नदिए अदालतको इजलास बहिष्कार गर्ने चेतावनी दिए।
उनले नेपाल बारबाट सर्वोच्च प्रवेश गर्ने गेट बन्द गर्न नहुने बताए। 'हाम्रो तर्फको गेट बन्द भएमा राम्रो हुँदैन। नत्र हामी प्रशासनविरुद्ध हुन्छौं। आइतबारदेखि हामी यही गेटबाट जान चाहन्छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।