काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आठवटा इजलास तोकेका छन्। उनले एउटा एकल इजलास र अन्य सातवटा संयुक्त इजलास तोकेका छन्। आज राणाले आफ्नो इजलास भने तोकेका छैनन्।
आठवटा इजलासमा सुनुवाइका लागि २२३ वटा मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै उनकै सहकर्मी न्यायाधीशदेखि बार आन्दोलित भइरहँदा प्रधानन्यायाधीशले दिनहुँ मुद्दाको पेसी तोक्दै आएका छन्।
शुक्रबार उनले दीपककुमार कार्की र कुमार चुडालको इजलासमा ३१, मीरा खड्का र प्रकाशमान सिंह राउतकोमा ३०, हरिकृष्ण कार्कीको एकल इजलासमा २३, विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको इजलासमा २२, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा २७, वमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा ५, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा ३० र तेजबहादुर केसी र कुमार रेग्मीको इजलासमा ५५ वटा मुद्दा पेसीका लागि तोेकेका छन्।
दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा आज पहिलो पेसीका रुपमा मोहम्मद अफताव आलमको मुद्दा तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।