काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन्।
शुक्रबार विहान १० बजेपछि कानुन व्यवसायीहरु सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महान्यायाधिवक्ताको कार्यालय बैकल्पिक बाटोबाट अदालत प्रवेश गरेका हुन्।
राणा पौने ११ बजेतिर महान्यायाधिवक्ताको कार्यालय बैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गरेका हुन्।
नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीहरु प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
राणाले भने राजीनामा नदिने अडान लिएका छन्।
राणालाई अदालत प्रवेशमा रोक लगाउन आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र राणा पक्षधर कानुन व्यवसायीबीच झडपसमेत भएको थियो। त्यसक्रममा प्रहरीले राणा पक्षधर केही कानुन व्यवसायीलाई नियन्त्रणमा लिएको थियो।
नेपाल बारका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश राणाले आन्दोलनमा भिजिलान्ते पठाएको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।