काठमाडौं- नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले 'भिजिलान्ते' प्रयोग गरेर आन्दोलनलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन्।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै उनलाई अदालत प्रवेशमा रोक लगाउन भन्दै शुक्रबार सर्वोच्च परिसरमा कानुन व्यवसायीसँगै धर्नामा बसेका पौडेलले राणाले भिजिलान्ते पठाउँदा आन्दोलनमा झडपको स्थिति बनेको आरोप लगाए।
सर्वोच्चको मूल गेटमा धर्नामा बस्न गएका कानुन व्यवसायी र राणा पक्षधर कानुन व्यवसायीबीच झडपको अवस्था बनेको थियो। त्यसक्रममा प्रहरीले राणापक्षधर पाँच जनालाई पक्राउ गरेको थियो।
उनीहरुलाई पक्राउ गरेसँगै कानुन व्यवसायी सर्वोच्चको मूल गेटमा धर्नामा बसेका छन्।
'प्रधानन्याधीशले आन्दोलनमा भिजिलान्ते पठाए' नेपाल बारका महासचिव पौडेलले भने, 'जस्तो सुकै परिस्थिति भए पनि हाम्रो आन्दोलन जारी रहन्छ। हामी उनलाई भित्र जान दिने छैनौं। १२ बजेसम्म हामी धर्नामा बस्ने छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।