काठमाडौं- सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र उनको पक्षमा रहेका कानुन व्यवसायीबीच झडप भएको छ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै उनलाई अदालत प्रवेशमा रोक लगाउन पुगेका नेपाल बार एसोसिएसनका कानुन व्यवसायी र राणा पक्षधर कानुन व्यवसायीबीच सर्वोच्च अदालत बाहिर धकेलाधेकल भएको हो।
दुई पक्षबीच झडपको अवस्था बनेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
त्यसक्रममा प्रहरीले प्रधानन्यायाधीश राणा पक्षमा नाराबाजी र झडपमा उत्रिएका ३ महिलासहित ५ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि बारका पदाधिकारीहरु सर्वोच्च बाहिर धर्नामा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।