काठमाडौं- कानुन व्यवसायीहरुलाई नेपाल बार एसोसिएसन तर्फबाट सर्वोच्च अदालत प्रवेशमा रोक लगाइएको छ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्लद्र शमशेर राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीलाई बार एसोसिएसन तिर रहेको गेटबाट सर्वोच्च प्रवेशमा प्रहरीले रोक लगाएको हो।
उताबाट सर्वोच्च प्रवेशमा रोक लगाएपछि कानुन व्यवसायीहरु सर्वोच्चको मूल गेटबाटै प्रवेश गरिरहेका छन्।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन र सर्वोच्च बारले आज राणालाई अदालत प्रवेशमा रोक लगाउने जनाएका छन्।
सर्वोच्चमा तनाव बढ्ने देखिएसँगै सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।