काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले आज पनि आन्दोलनलाई जारी राखेका छन्।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कात्तिक पहिलो सातादेखि आन्दोलनरत कानुन व्यवसायीले आज पनि नेपाल बार एसोसिएसनमा आन्दोलन गरेका हुन्।
आज बारले प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने जनाएको छ भने सर्वोच्च बारेले पनि प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने चेतावनी दिएको छ।
कानुन व्यवसायीहरुको चेतावनीपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।