काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै छ। शुक्रबार (आज) दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
आजको स्थायी कमिटीको बैठकले कात्तिक २७ र २८ गतेका लागि तय भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने जनाइएको छ।
बैठकले विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेका नेता कार्यकर्ताहरुको जिम्मेवारी र भूमिकाबारे पनि निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्ने खतिवडाले जानकारी दिए।
शुक्रबारको स्थायी कमिटी बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।