• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बर्बादीतिर न्यायालय विवाद : अटेरी प्रधानन्यायाधीश, उकसमुकुसमा न्यायाधीशहरु

64x64
दुर्गा दुलाल बिहीबार, कात्तिक २५, २०७८  २३:०६
1140x725

काठमाडौं- बिहीबार सर्वोच्च अदालतमा दुर्लभ दृश्य देखियो। एक हिसाबले त्यो अकल्पनीय घटना जस्तै थियो। अदालतमै कालो कोटधारी विद्वानको उपाधि पाएका, संविधान र कानुनका धारा र दफामा तर्कविर्तक गर्ने कानुन व्यवसायीमाथि प्रहरीले दमन गरेको आरोप लाग्यो। 

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले विज्ञप्ति नै जारी गरेर आफ्ना महासचिवसचित ६ जना कानुन व्यवसायी प्रहरी दमनबाट घाइते भएको जनायो।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नै प्रहरीमार्फत् दमन गरेको आरोपसमेत कानुन व्यवसायीहरुले लगाए। 

न्याय प्रदान गर्ने सर्वोच्च थलो हो सर्वोच्च अदालत। त्यही अदालत गठन भएयताको इतिहासमै पहिलो पटक प्रहरीले अधिवक्ताहरुमाथि दमन गरेको भन्दै कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्च अदालतको गेटमै धर्ना दिने निर्णय गरेका छन्। बारले सम्पूर्ण कानुन व्यवसायीहरुलाई आह्वान गर्दै शुक्रबार सर्वोच्च अदालतको कुनै पनि मुद्दा सुनुवाइमा बहस नगर्ने र प्रधानन्यायाधीश राणालाई अदालत छिर्न नदिने घोषणा गरेको छ। 

बारले यसरी आन्दोलनको कार्यक्रम घोषणा गर्नुअघि आज निकास दिने भन्दै सर्वोच्चका १९ न्यायाधीश सामुहिक छलफलमा बसेका  थिए। उनीहरुले तत्काल फुलकोर्ट बोलाउने अनि गोलाप्रथाबाट पेसी तोक्ने र उक्त पेसीमा मुद्दा सुनुवाइ गर्ने तयारी गरेका थिए। त्यस्तै, प्रधानन्यायाधीश राणासँग कुनै पनि इजलास सेयर नगर्ने र आफूहरुको संयुक्त इजलासमा गोलाप्रथाबाट तोकिएको पेसीमात्र सुनुवाइ गर्ने निर्णय गर्ने तयारी उनीहरुले गरिरहेको समयमा राणाले भने झन् आक्रामकता देखाउँदै आफ्नो इजलास तोकेर मुद्दाको सुनुवाइ गर्ने निर्णय गरे। ठीक त्यहीबेला राजीनामा माग गर्ने कानुन व्यवसायीमाथि उनले दमन गरेको आरोप लाग्यो। यति भएपछि छलफलमा बसेका न्यायाधीशहरु कुनै निर्णय नगरी उठे। 

एक कदम पछि हटेर भएपनि सर्वसाधारणको मुद्दा सुनुवाइ सुरु गर्ने मुडमा पुगेका न्यायाधीशहरु एकाएक आन्दोलनको स्वरुप परिर्वतन गर्ने मुडमा आइपुगे। छलफलमा सहभागी एक न्यायाधीशका अनुसार बल्लबल्ल सहज वातावरण बन्नसक्ने संकेत देखिएका बेला प्रधानन्यायाधीशले नै त्यसलाई बिथोलेका छन्। 

उकुसमुकुसुमा न्यायाधीश 
बिहीबारको सामुहिक बैठक सुरु भएलगत्तै न्यायाधीश सपना प्रधान मल्लले यसरी सधैँ मुद्दाको सुनुवाइ नगर्ने अवस्थाले आफू उकुसमुकुस भएको र असंवैधानिक काम गरिरहेको महसुस हुँदा ग्लानि भइरहेको बताएकी थिइन्। 

प्रधान मात्र होइन, अन्य न्यायाधीशहरुले पनि जनताको करबाट तलब खाने अनि जनताको मुद्दा नै नहेरी लामो समय बस्न नसक्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताएका थिए। त्यसअघि भएको छलफलमा न्यायाधीश नहकुल सुवेदीले गोलाप्रथाबाट पेसी तोक्ने तयारी गर्न सकिने भएकाले फुलकोर्टको बैठक बोलाएर त्यसबाट प्रक्रिया थालनी गरि सुनुवाइमा जान सकिने राय राखेका थिए। अन्य न्यायाधीशहरुले पनि यस्तै राय राखे। 

कात्तिक ७ गते चिया समयपछि मुद्दा नहेरेका न्यायाधीशहरुले बिहीबार, कात्तिक २५ गते पनि बन्दीका तीन थान निवेदनबाहेक अन्य मुद्दा सुनुवाइ गरेनन्। ‘तीन सातासम्म मुद्दाको सुनुवाइ नगर्दा हामी आफैले अन्याय गरिरहेका छौं भन्ने फिल हुन थालेको छ’, एक न्यायाधीशले नेपाल लाइभसँग भने, ‘अरुलाई कर्तब्य र जिम्मेवारी पूरा गर्न नसकेको भनेर प्रश्न उठाइरहेका छौं, यहाँ न्याय माग्दै आएका ३० हजार मुद्दा छन् तर, हामी इजलास बस्न सकेका छैनौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानन्यायाधीश राणा असक्षम र अविवेकी बन्दा अब आफूहरुले विवेक पुर्‍याउनुपर्ने हो कि भन्ने अवस्था आएको ती न्यायाधीशले बताए।  ‘साँच्चै भन्दा म भित्रैबाटै अन्याय गरिरहेका छौं कि भन्नेमा पुगेको छु’, ती न्यायाधीशले भने, ‘आन्दोलनका अन्य विकल्प पनि होलान र खोज्नै पर्छ।  जनताको मुद्दालाई प्राथमिकता दिँदै प्रधानन्यायाधीशसँग असहमति राखेरै आन्दोलन अगाडि बढाउनुपर्छ।’ 

अर्का एक न्यायाधीशले पनि जारी आन्दोलनले गर्दा मुद्दाहरुमा परेको प्रभावबारे आफूहरु दुःखी भएको तर, नेतृत्व नै अविवेकी र समाधान निकाल्न नसक्ने भएका कारण अदालत विवादबाट बर्बादीतिर नजाओस् भन्ने आफूहरुको चाहना रहेको बताए। अब आफूहरु यो आन्दोलन र विवाद धेरै समय गर्ने पक्षमा नरहेको ती न्यायाधीशले बताए। 

‘भोली बारले धर्ना र इजलासमा बहस बस्किार गर्ने भनेको छ। यो अवस्थामा हामीले चाहेर पनि इजलास बस्न सक्दैनौं’, उनले भने, ‘बार पनि एक अङ्ग भएकाले बहस विनाको सुनुवाइ गर्न सकिएन, तर आइतबार हामी सामुहिक छलफलबाट निकास दिन्छौं।’ 

आइतबार फुलकोर्ट बस्ने, गोलाबाट पेसी तोक्ने वा अन्य कुनै विकल्प गरेर भए पनि जनताको मुद्दा सुनुवाइ गर्ने प्रक्रियामा आफूहरुले लैजाने प्रयास गर्ने ती न्यायाधीशले बताए। 

बार र प्रधानन्यायाधीश वारपारमा 
बिहीबारको आन्दोलनबाट प्रधानन्याायाधीश राणा र बार अब वारपारमा लागेको कानुन व्यवसायीहरुको बुझाइ छ। शान्त र सौम्य रुपमा राजीनामा माग्दा दमन गरेका कारण अब राणाको बर्हिगमनको अन्तिम समय आएको बारको दाबी छ। 

नेपाल बार एसोसियसनले शुक्रवार हुने आन्दोलनपछि राणा सर्वोच्च अदालत बाहिर हुने र आफू भित्र बहसमा हुने दाबी गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले अव भ्रष्टाचारी, अनैतिक र विचौलियाको संरक्षण गरिरहेका प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्नै नदिने बताए। 

‘भोली हाम्रो निर्णायक आन्दोलन हुन्छ’, श्रेष्ठले भने, ‘यो आन्दोलनले प्रधानन्यायाधीश अदालत बाहिर हुन्छन्, हामी आइतबारदेखि बहसमा भित्र हुन्छौं।’ बारका महासचिव, अधिवक्ता लीलामणि पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै पञ्चायतकाल अन्त्य हुँदाताका जस्तै प्रधानन्यायाधीश राणाले पनि बिभिन्न बिचौलिया र भिजिलान्ते प्रयोग गरेर ‘प्रतिकार समिति’ बनाएको बताएका छन्।  

प्रधानन्यायाधीशले हतियारसहितका सुरक्षाकर्मीलाई अदालतभित्र प्रवेश गराइ कानुन व्यवसायीको शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै बारले आपत्ति जनाएको छ। प्रधानन्यायाधीश राणाको आदेशमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग र हातपात गर्दा कानुन व्यवसायीहरु घाइते भएका बारको विज्ञप्तिमा उल्लेख छ। 

प्रहरीले बल प्रयोग गर्दा बारका उपाध्यक्ष, वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, उपाध्यक्ष अधिवक्ता रक्षा बस्याल, महासचिव अधिवक्ता लीलामणि पौडेल, पूर्वकेन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानुन व्यवसायी घाइते भएका छन्। 

सत्ता पक्षबाट दबाब बढाउँदै 
प्रधानन्यायाधीश राणाको बर्हिगमनका लागि सत्ता पक्षबाट दबाब बढाउन लबिइङ पनि सुरु भएको छ। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटेर केही वरिष्ठ अधिवक्ता, सांसद एवं महान्यायाधिवक्ताले अब सत्तारुढ गठवन्धन बोल्नुपर्ने सुझाव दिएका छन्। 

बिहीबार सर्वोच्च परिसरमा प्रहरीबाट भएको दमनपछि कानुनमन्त्रालय पुगेका नेपाली कांग्रेसनिकट वरिष्ठ अधिवक्ताहरुले राणाको बर्हिमन जति ढिला हुन्छ त्यति न्यायालय  र प्रजातन्त्रमाथि खतरा रहेको बताए। कानुन मन्त्रालयमा भएको छलफलमा राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, प्रेमबहादुर खड्का, पूर्णमान शाक्य, महान्यायाधिवक्ता खम्बबहादुर खातीलगायत थिए। 

भेटपछि कानुनमन्त्री बडुले आफू पनि यत्रो विवादपछि प्रधानन्यायाधीश बर्हिगमन हुनुपर्ने पक्षमा रहेको र एकपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने वचन दिएका छन्। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर... मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई ह... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्