• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बर्बादीतिर न्यायालय विवाद : अटेरी प्रधानन्यायाधीश, उकसमुकुसमा न्यायाधीशहरु

64x64
दुर्गा दुलाल बिहीबार, कात्तिक २५, २०७८  २३:०६
1140x725

काठमाडौं- बिहीबार सर्वोच्च अदालतमा दुर्लभ दृश्य देखियो। एक हिसाबले त्यो अकल्पनीय घटना जस्तै थियो। अदालतमै कालो कोटधारी विद्वानको उपाधि पाएका, संविधान र कानुनका धारा र दफामा तर्कविर्तक गर्ने कानुन व्यवसायीमाथि प्रहरीले दमन गरेको आरोप लाग्यो। 

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले विज्ञप्ति नै जारी गरेर आफ्ना महासचिवसचित ६ जना कानुन व्यवसायी प्रहरी दमनबाट घाइते भएको जनायो।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नै प्रहरीमार्फत् दमन गरेको आरोपसमेत कानुन व्यवसायीहरुले लगाए। 

न्याय प्रदान गर्ने सर्वोच्च थलो हो सर्वोच्च अदालत। त्यही अदालत गठन भएयताको इतिहासमै पहिलो पटक प्रहरीले अधिवक्ताहरुमाथि दमन गरेको भन्दै कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्च अदालतको गेटमै धर्ना दिने निर्णय गरेका छन्। बारले सम्पूर्ण कानुन व्यवसायीहरुलाई आह्वान गर्दै शुक्रबार सर्वोच्च अदालतको कुनै पनि मुद्दा सुनुवाइमा बहस नगर्ने र प्रधानन्यायाधीश राणालाई अदालत छिर्न नदिने घोषणा गरेको छ। 

बारले यसरी आन्दोलनको कार्यक्रम घोषणा गर्नुअघि आज निकास दिने भन्दै सर्वोच्चका १९ न्यायाधीश सामुहिक छलफलमा बसेका  थिए। उनीहरुले तत्काल फुलकोर्ट बोलाउने अनि गोलाप्रथाबाट पेसी तोक्ने र उक्त पेसीमा मुद्दा सुनुवाइ गर्ने तयारी गरेका थिए। त्यस्तै, प्रधानन्यायाधीश राणासँग कुनै पनि इजलास सेयर नगर्ने र आफूहरुको संयुक्त इजलासमा गोलाप्रथाबाट तोकिएको पेसीमात्र सुनुवाइ गर्ने निर्णय गर्ने तयारी उनीहरुले गरिरहेको समयमा राणाले भने झन् आक्रामकता देखाउँदै आफ्नो इजलास तोकेर मुद्दाको सुनुवाइ गर्ने निर्णय गरे। ठीक त्यहीबेला राजीनामा माग गर्ने कानुन व्यवसायीमाथि उनले दमन गरेको आरोप लाग्यो। यति भएपछि छलफलमा बसेका न्यायाधीशहरु कुनै निर्णय नगरी उठे। 

एक कदम पछि हटेर भएपनि सर्वसाधारणको मुद्दा सुनुवाइ सुरु गर्ने मुडमा पुगेका न्यायाधीशहरु एकाएक आन्दोलनको स्वरुप परिर्वतन गर्ने मुडमा आइपुगे। छलफलमा सहभागी एक न्यायाधीशका अनुसार बल्लबल्ल सहज वातावरण बन्नसक्ने संकेत देखिएका बेला प्रधानन्यायाधीशले नै त्यसलाई बिथोलेका छन्। 

उकुसमुकुसुमा न्यायाधीश 
बिहीबारको सामुहिक बैठक सुरु भएलगत्तै न्यायाधीश सपना प्रधान मल्लले यसरी सधैँ मुद्दाको सुनुवाइ नगर्ने अवस्थाले आफू उकुसमुकुस भएको र असंवैधानिक काम गरिरहेको महसुस हुँदा ग्लानि भइरहेको बताएकी थिइन्। 

प्रधान मात्र होइन, अन्य न्यायाधीशहरुले पनि जनताको करबाट तलब खाने अनि जनताको मुद्दा नै नहेरी लामो समय बस्न नसक्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताएका थिए। त्यसअघि भएको छलफलमा न्यायाधीश नहकुल सुवेदीले गोलाप्रथाबाट पेसी तोक्ने तयारी गर्न सकिने भएकाले फुलकोर्टको बैठक बोलाएर त्यसबाट प्रक्रिया थालनी गरि सुनुवाइमा जान सकिने राय राखेका थिए। अन्य न्यायाधीशहरुले पनि यस्तै राय राखे। 

कात्तिक ७ गते चिया समयपछि मुद्दा नहेरेका न्यायाधीशहरुले बिहीबार, कात्तिक २५ गते पनि बन्दीका तीन थान निवेदनबाहेक अन्य मुद्दा सुनुवाइ गरेनन्। ‘तीन सातासम्म मुद्दाको सुनुवाइ नगर्दा हामी आफैले अन्याय गरिरहेका छौं भन्ने फिल हुन थालेको छ’, एक न्यायाधीशले नेपाल लाइभसँग भने, ‘अरुलाई कर्तब्य र जिम्मेवारी पूरा गर्न नसकेको भनेर प्रश्न उठाइरहेका छौं, यहाँ न्याय माग्दै आएका ३० हजार मुद्दा छन् तर, हामी इजलास बस्न सकेका छैनौं।’ 

Ncell 2
Ncell 2

प्रधानन्यायाधीश राणा असक्षम र अविवेकी बन्दा अब आफूहरुले विवेक पुर्‍याउनुपर्ने हो कि भन्ने अवस्था आएको ती न्यायाधीशले बताए।  ‘साँच्चै भन्दा म भित्रैबाटै अन्याय गरिरहेका छौं कि भन्नेमा पुगेको छु’, ती न्यायाधीशले भने, ‘आन्दोलनका अन्य विकल्प पनि होलान र खोज्नै पर्छ।  जनताको मुद्दालाई प्राथमिकता दिँदै प्रधानन्यायाधीशसँग असहमति राखेरै आन्दोलन अगाडि बढाउनुपर्छ।’ 

अर्का एक न्यायाधीशले पनि जारी आन्दोलनले गर्दा मुद्दाहरुमा परेको प्रभावबारे आफूहरु दुःखी भएको तर, नेतृत्व नै अविवेकी र समाधान निकाल्न नसक्ने भएका कारण अदालत विवादबाट बर्बादीतिर नजाओस् भन्ने आफूहरुको चाहना रहेको बताए। अब आफूहरु यो आन्दोलन र विवाद धेरै समय गर्ने पक्षमा नरहेको ती न्यायाधीशले बताए। 

‘भोली बारले धर्ना र इजलासमा बहस बस्किार गर्ने भनेको छ। यो अवस्थामा हामीले चाहेर पनि इजलास बस्न सक्दैनौं’, उनले भने, ‘बार पनि एक अङ्ग भएकाले बहस विनाको सुनुवाइ गर्न सकिएन, तर आइतबार हामी सामुहिक छलफलबाट निकास दिन्छौं।’ 

आइतबार फुलकोर्ट बस्ने, गोलाबाट पेसी तोक्ने वा अन्य कुनै विकल्प गरेर भए पनि जनताको मुद्दा सुनुवाइ गर्ने प्रक्रियामा आफूहरुले लैजाने प्रयास गर्ने ती न्यायाधीशले बताए। 

बार र प्रधानन्यायाधीश वारपारमा 
बिहीबारको आन्दोलनबाट प्रधानन्याायाधीश राणा र बार अब वारपारमा लागेको कानुन व्यवसायीहरुको बुझाइ छ। शान्त र सौम्य रुपमा राजीनामा माग्दा दमन गरेका कारण अब राणाको बर्हिगमनको अन्तिम समय आएको बारको दाबी छ। 

नेपाल बार एसोसियसनले शुक्रवार हुने आन्दोलनपछि राणा सर्वोच्च अदालत बाहिर हुने र आफू भित्र बहसमा हुने दाबी गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले अव भ्रष्टाचारी, अनैतिक र विचौलियाको संरक्षण गरिरहेका प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्नै नदिने बताए। 

‘भोली हाम्रो निर्णायक आन्दोलन हुन्छ’, श्रेष्ठले भने, ‘यो आन्दोलनले प्रधानन्यायाधीश अदालत बाहिर हुन्छन्, हामी आइतबारदेखि बहसमा भित्र हुन्छौं।’ बारका महासचिव, अधिवक्ता लीलामणि पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै पञ्चायतकाल अन्त्य हुँदाताका जस्तै प्रधानन्यायाधीश राणाले पनि बिभिन्न बिचौलिया र भिजिलान्ते प्रयोग गरेर ‘प्रतिकार समिति’ बनाएको बताएका छन्।  

प्रधानन्यायाधीशले हतियारसहितका सुरक्षाकर्मीलाई अदालतभित्र प्रवेश गराइ कानुन व्यवसायीको शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै बारले आपत्ति जनाएको छ। प्रधानन्यायाधीश राणाको आदेशमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग र हातपात गर्दा कानुन व्यवसायीहरु घाइते भएका बारको विज्ञप्तिमा उल्लेख छ। 

प्रहरीले बल प्रयोग गर्दा बारका उपाध्यक्ष, वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, उपाध्यक्ष अधिवक्ता रक्षा बस्याल, महासचिव अधिवक्ता लीलामणि पौडेल, पूर्वकेन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानुन व्यवसायी घाइते भएका छन्। 

सत्ता पक्षबाट दबाब बढाउँदै 
प्रधानन्यायाधीश राणाको बर्हिगमनका लागि सत्ता पक्षबाट दबाब बढाउन लबिइङ पनि सुरु भएको छ। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटेर केही वरिष्ठ अधिवक्ता, सांसद एवं महान्यायाधिवक्ताले अब सत्तारुढ गठवन्धन बोल्नुपर्ने सुझाव दिएका छन्। 

बिहीबार सर्वोच्च परिसरमा प्रहरीबाट भएको दमनपछि कानुनमन्त्रालय पुगेका नेपाली कांग्रेसनिकट वरिष्ठ अधिवक्ताहरुले राणाको बर्हिमन जति ढिला हुन्छ त्यति न्यायालय  र प्रजातन्त्रमाथि खतरा रहेको बताए। कानुन मन्त्रालयमा भएको छलफलमा राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, प्रेमबहादुर खड्का, पूर्णमान शाक्य, महान्यायाधिवक्ता खम्बबहादुर खातीलगायत थिए। 

भेटपछि कानुनमन्त्री बडुले आफू पनि यत्रो विवादपछि प्रधानन्यायाधीश बर्हिगमन हुनुपर्ने पक्षमा रहेको र एकपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने वचन दिएका छन्। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रि... बुधबार, मंसिर २४, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । आफूहरूले राजासँग भेटेर यसबारे स्... मंगलबार, मंसिर २३, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सोमबारको बैठकले आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार, मंसिर २३, २०८२
ताजा समाचारसबै
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल बुधबार, मंसिर २४, २०८२
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस बुधबार, मंसिर २४, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, मंसिर २४, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्