काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको रुपमा कामकाज गर्ने गरी डा निरेश थापालाई जिम्मेवारी दिइएको छ।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बिहीबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा थापालाई उपकुलपतिको रुपमा कामकाज गर्ने गरी जिम्मेवारी दिएका हुन्।
मन्त्री खतिवडाले अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी थापालाई जिम्मेवारी दिएका हुन्।
मन्त्री खतिवडाले मंगलबार प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका थिए।
मन्त्री खतिवडाको निर्णयप्रति प्रतिष्ठानका चिकित्सक, नर्ससहित ८८ जना स्वास्थ्यकर्मीले असन्तुष्टि जनाएका छन्। उनीहरुले विज्ञप्ति नै जारी गरेर मन्त्री खतिवडाको निर्णयको विरोध जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।