काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति आधारभूत रुपमा कार्यान्वयन भइसकेको बताएका छन्। बिहीबार महाधिवेशन स्थलको अवलोकनको लागि चितवन पुगेका उनले कहीँ कतै समस्या भए स्थानीय तहको पार्टी नेतृत्वले व्यवस्थापन गर्ने बताए।
पोखरेलले आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा बोल्न चाहेनन्। 'महाधिवेशन आउँदैछ। उम्मेदवारीको लागि सरसल्लाह गरौंला नि', उनको भनाइ थियो।
उनले सल्लाह गरेर जे हुन्छ, त्यही पदको जिम्मेवारी लिने बताए।
एमालेको विधान महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।