काठमाडौं– भारत भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्।
प्रधान सेनापति शर्माले बिहीबार रक्षामन्त्री सिंहको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका हुन्।
शर्माले सिंहसहित भारतका विदेश मामिला मन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गरे।
शिष्टाचार भेटपछि प्रधान सेनापति शर्माले बिहीबार नै नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण समेत गरे।
नेशनल डिफेन्स कलेजमा प्रधान सेनापति शर्मालाई 'वाल अफ अनर'मा 'इनडक्ट' समेत गरियो। यसरी 'वाल अफ अनर'मा 'इनडक्ट' हुने शर्मा पहिलो व्यक्ति भएको पनि नेपाली सेनाले जानकारी दिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उक्त कलेजका पूर्व प्रशिक्षार्थीलाई मात्र दिइने गरिन्छ।
शर्माले सन् २०१३ मा उक्त कलेजबाट नेशनल डिफेन्स कोर्ष (एनडीसी) गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।