काठमाडौं– प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले शपथ लिएका छन्।
नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिसानुसार राष्ट्रपति भण्डारीले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।
नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार संविधानको धारा १६७ बमोजिम पद तथा गोपनियताको शपथ लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।