काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै कात्तिक पहिलो सातादेखि आन्दोलित सर्वोच्च अदालतका न्यायाधीशहरूले बिहीबार पनि इजलास बहिष्कार गरेका छन्।
उनीहरूले बन्दी प्रत्यक्षीकरणका तीन वटा मुद्दाको मात्र सुनुवाइ गरे। बाँकी मुद्दामा उनीहरूले सुनुवाइ गरेनन्।
बिहीबार प्रधानन्यायाधीश राणाले आफूसहितका ९ वटा इजलास तोकेका थिए। उनले १७७ वटा मुद्दाको पेसी राख्दै इजलास तोकेका थिए। राणाले आफ्नो पनि एकल इजलास तोक्दै ६ वटा मुद्दा पेसीका लागि राखेका थिए।
राणाले भने ती सबै, ६ वटा मुद्दाको सुनुवाइ गरे। ६ वटै मुद्दाको सुनुवाइ गर्दै राणाको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।
चिया समय अगाडि नै ६ वटा मुद्दाको सुनुवाइ सकेर प्रधानन्यायाधीश राणा सर्वोच्चबाट बाहिरिएका थिए। बिहीबार राणाले ६ वटा संयुक्त र ३ वटा एकल इजलास गठन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।