काठमाडौं– आफ्नो राजीनामाको माग गर्दै जारी आन्दोलनले बिहीबार सर्वोच्च अदालत परिसर तनावग्रस्त बन्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ६ वटा मुद्दाको सुनुवाइ गरेका छन्।
चिया समय अगाडि नै ६ वटा मुद्दाको सुनुवाइ सकेर प्रधानन्यायाधीश राणा सर्वोच्चबाट बाहिरिएका हुन्। बिहीबार राणाले ६ वटा संयुक्त र ३ वटा एकल गरी ९ इजलास गठन गरेका थिए।
राणाले आफ्नो एकल (पूर्ण) इजलासमा ६ वटा मुद्दाको सुनुवाइका लागि पेसी तोकेका थिए। ६ वटै मुद्दाको सुनुवाइ गर्दै राणाको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।