काठमाडौं– प्रधान सेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।
भारत भ्रमणमा रहेका सेनापति शर्माले बिहीबार मन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्। सेनापति शर्माले मन्त्री जयशंकरको कार्यकक्षमा उनीसँग भेट गरेका हुन्।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत् प्रधान सेनापति शर्मासँगको भेट गरेको तस्बिर सार्वजनिक गरेका छन्।
भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शर्माको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।’
भारत भ्रमणमा रहेका प्रधान सेनापति शर्माले बुधबार भारतीय राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।