काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ। मंसीर १०–१२ आ हुने महाधिवेशनका लागि एमालेले तयारी तीव्र पारेको छ।
बिहीबार नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशन आयोजना हुने स्थलको अवलोकन गरेका छन्।
पार्टी महासचिव ईश्वर पोखरेलसहित उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सचिव योगेश भट्टराई, महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, स्थायी कमिटी सदस्य एंव सहसंयोजक सुरेन्द्र पाण्डे, नेताहरु राजन भट्टराई, कार्यालय सचिव शेरबहादुर तामाङ लगायतले नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन्।
उद्घाटन समारोहमा पाँच लाखलाई उतार्ने भनेको नेकपा एमालेले मञ्च व्यवस्थापन लगायतको तयारी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।