फाइल तस्बिर।
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कात्तिक पहिलो सातादेखि आन्दोलित कानुन व्यवसायीहरूको आन्दोलन बिहीबारसम्म पनि जारी छ।
बिहीबार कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा नाराबाजी समेत गरेका छन्। उनीहरूले भ्रष्ट प्रधान्यायाधीश राजीनमा देऊ, न्यायालयमा भ्रष्टाचार गर्न मिल्दैन, न्यायालय सुधार गर, अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर लगायतका नारा लगाइरहेका छन्।
यसअघि नेपाल बार एसोसिएसनले न्याय परिषद्का सदस्यहरूलाई पत्र लेख्दै प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजान अनुरोध गरेको थियो।
प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतका १९ जना न्यायाधीश पनि इजलास बहिष्कार गरेर आन्दोलित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।