• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कहाँ पुग्न खोज्दैछन् प्रधानन्यायाधीश, आज ‘अन्तिम’ निर्णय लिने तयारीमा आन्दोलनरत न्यायाधीश

64x64
दुर्गा दुलाल बिहीबार, कात्तिक २५, २०७८  १०:५५
1140x725

काठमाडौं– सर्वोच्च अदालतका २९ औं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सहकर्मी सबै न्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मुद्दाबाहेक अरु नहेर्दै बहिष्कारको आन्दोलन चलाएको ११ औं दिन पुग्दा उनले आफ्नै च्याम्बरमा केही कानुन व्यवसायीलाई भेटेर आफूले  राजीनामा नदिने बताए।

कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको नाममा पुगेका उनीहरुलाई राणाले आफूले नियमित इजलास तोक्ने बताउँदै नागरिकको मुद्दा सुनुवाइ नगर्ने भनि अन्य सहकर्मीप्रति आक्रोशसमेत पोखेका थिए। 

यसअघि आफ्नो राजीनामा मागेका सहकर्मीसँग वार्ता गर्न भन्दै गठन भएको तीन न्यायाधीशको वार्ता समितिलाई बन्दीको मात्र मुद्दा तोक्ने, वार्ता जारी राख्ने र आफूले एकल वा संयुक्त एजलासबाट मुद्दाको सुनुवाइ नगर्ने सहमति राणाले तोडेका थिए।

राणाले उक्त दिन बन्दीको एउटा मात्र मुद्दा तोक्दै नियमित मुद्दाहरुको इजलास तोकेका थिए। राणाको उक्त ‘एक्सन’ विरुद्ध न्यायाधीशहरुले फेरि पनि एकजुट हुँदै बन्दीको मुद्दा मात्र सुुनुवाइ गरे भने अन्य इजलासमा बसेनन्।

आफू निकट भनिएका न्यायाधीश इजलासमा आउने अपेक्षासहित राणाले आफूसँगैको संयुक्त इजलास पनि तोकेका थिए। प्रधानन्यायाधीश राणाले नियमित मुद्दाको पेसी तोक्नुभन्दा अघिल्लो दिन (कात्तिक २२ गते) आफ्नो  र न्यायाधीश कुमार चुडालको इजलास तोक्दै बन्दीको मुद्दा राखेका थिए। चुडालको एकल इजलास पनि तोकिएको थियो। चुडालले एकल इजलासमा मुद्दा सुुनुवाइ गर्दै आदेश जारी गरे तर राणासँगको संयुक्त इजलासमा बस्न गएनन्। सर्वोच्चमा आफू नेतृत्वमै भएको समयमा उच्च अदालतबाट ल्याएको र आफू निकट भनिएका चुडालले नै इजलासमा सँगै बस्न अस्वीकार गरे। 

राणाले विहान पेसी तोक्ने र दिउँसो आफू तत्काल हट्न तयार नरहेकाले मुद्दा तोक्ने र सुनुवाइमा फर्किने सन्देश दिन खोजे। 

प्रधानन्यायाधीश राणाले नियमित रुपमा मुद्दाको पेसी तोक्ने र न्यायाधीशहरुले सुनुवाइ नगर्दा सर्वसाधारणमा गलत सन्देश जाने भन्दै सामूहिक निर्णय लिन छलफल थालेपछि मंगलवार निर्णयमा पुग्न सकेनन्।  

न्यायाधीशहरु नै आन्दोलनमा उत्रेको न्यायिक अभ्यासको अनौठो घटना भइरहँदा प्रधान न्यायाधीश राणाले भने एकपछि अर्को ‘तुरुप(विकल्प)’ देखाइरहेका छन्। सहकर्मी न्यायाधीशहरुसँग सहमति  गर्ने अनि त्यसको उल्लंघन गर्ने शैली राणाले अपनाएपछि कुनै पनि निर्णय सामूहिक रुपमा गर्ने निष्कर्षमा न्यायाधीशहरु पुगे। 

nimb
nimb
Ncell 2
Ncell 2

सर्वाेच्च अदालतका सवै न्यायाधीश आफ्नो विपक्षमा उभिएपछि सुरुमा प्रधानन्यायाधीश राणाले आफू सम्मानजनक बहिर्गमनको लागि तयार रहेको आफू निकट न्यायाधीश मनोज शर्मामार्फत सन्देश पठाएका थिए। उक्त सन्देशपछि सकारात्मक रहेका न्यायाधीशहरुले तीन न्यायाधीशको वार्ता समितिसमेत बनाए।

उक्त वार्ता समितिसमक्ष प्रधानन्यायाधीश राणाले  केही विकल्पहरु पनि अघि सारे। आफू इजलासमा नबस्ने भन्दै उनले केही विकल्प अघि सारेका थिए। तर, उक्त कुराबाट राणा एकाएक फर्केपछि न्यायाधीशहरुले उनी कसैको ‘ब्याकअप’मा खेलिरहेको शंकासहित छलफलमा जुटेका छन्। बिहीबार उनीहरुले यो विषयमा निर्णय गर्नेगरि छलफल अघि बढाएको एक न्यायाधीशले नेपाल लाइभलाई जानकारी दिए।  

दिपकराज जोशी र गोपाल पराजुलीलाई सिकाएको नैतिकता 

प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत हुँदै आफू भन्दा जुनियर न्यायाधीशको अन्डरमा बसेर काम गर्न सर्वोच्च अदालत आइरहेका थिए। २०७५ पुस १८ गते राणाले जोशीलाई पेसी तोकेनन्। उनले सर्वोच्च अदालतको  प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै जोशीलाई सर्वोच्च नआउन आग्रह गरेका थिए।

पुस १९ गते उनले न्याय परिषद्को बैठक राख्दै वरिष्ठ न्यायाधीशको हैसियत, मेलमिलाप परिषद्को अध्यक्ष र चेम्बरसमेत खोसे। जोशीलाई नैतिकताको प्रश्न उठाउँदै राणाले राजीनामा दिन वाध्यसमेत पारे। जोशीले प्रधानन्यायाधीशको यो कार्यपछि पदबाट राजीनामा दिए।

राणाले यसरी नैतिकताको प्रश्न उठाएको यो दोस्रो पटक थियो। त्यसअघि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि इजलासमै राणाले प्रश्न उठाएका थिए।

२०७४ फागुन ३० गते राणाले पराजुलीको शैक्षिक प्रमाणपत्रका बारेमा सार्वजनिक सञ्चार माध्यमले प्रश्न उठाएकाले उनीसँगै इजलासमा बस्न नसक्ने भन्दै आफ्नो राय सुनाएका थिए। लगत्तै केही दिन पराजुलीको इजलास बहिष्कारदेखि पेसी नतोक्नेसम्मका घटना भए।

यसरी विगतमा अरु न्यायाधीशलाई नैतिकताको प्रश्न उठाएका राणामाथि नै अहिले प्रश्न उठिरहेको र उनको नैतिकता नदेखिएको वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बताए। 

‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश सधै नैतिकतामा अडेको हुन्छ। त्यसमा अलिकति पनि दाग लाग्ने वित्तिकै अलग हुनुपर्छ’ वरिष्ठ अधिवक्ता अर्यालले भने। 

सहकर्मीहरुले प्रश्न उठाएको अवस्थामा अझै चुनौति दिने कार्य गर्नु गलत भएको अर्यालको भनाइ छ। 
वरिष्ठ अधिवक्ता शम्भु थापाले राणाले नैतिकतालाई वेवास्ता गरेर पैसा कमाउने र विचौलियालाई सहज बनाउने काममात्र गरेको आरोप लगाए। 

‘न त प्रधानन्यायाधीश राणासँग नैतिकता छ, न अध्ययन छ। खालि पैसा कमाउने र विचौलियाहरुलाई सहज बनाउने काम मात्र गरिरहेका छन्’ थापाले भने। 

सर्वोच्च्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणामा अति महत्वकांक्षा देखिएको र उनले राजनीतिक रुपमासमेत भागवण्डा खोज्न थालेकाले पदबाट हट्नुपर्ने बताए। स्वतन्त्र न्यायपालिका सधै कार्यपालिका भन्दा पर र तटस्थ रहनुपर्ने भन्दै उनले यसमा रहने व्यक्तिमा नैतिकताले धेरै महत्व राख्ने बताए।

‘न्यायाधीशमाथि आरोप लाग्नु भनेको सेतो कपडामा दाग लाग्नु जस्तै हो,’ उनले भने, ‘दाग लागेको कपडा लगाएर हिँड्न सकिँदैन त्यसैले अब प्रधानन्यायाधीशलाई न्यायपालिकाले बोकेर हिँड्न सक्दैन।’ 

साँघुरिदै राणाको विकल्प 

जारी विवाद जति लामो समय तन्किदै गयो उति नै प्रधानन्यायाधीश राणाको विकल्प साँघुरिने र बदनाम हुने टिप्पणी न्यायालयलाई नजिकबाट नियालिरहेका व्यक्तिहरुले गरिरहेका छन्। सुरुमा  केही विकल्प राणा आफैंले पनि अघि सारेका थिए।

कात्तिक ८ गतेको अवस्थामा सहकर्मीहरुसँग छलफल गरि विभिन्न विकल्पमार्फत सहज बर्हिगमन हुन सक्ने अवस्था राणासँग रहेको थियो। तर, अब उनी बदनाम पनि हुने र जवर्जस्ती निकालिने तर्फ अग्रसर भएको पूर्व न्यायाधीश बलराम केसीको टिप्पणी छ।

पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले पनि अब राणा जति दिन सर्वोच्च अदालतमा जिद्धी गरेर बस्नेछन् उति नै क्षयीकरण हुने बताए।

 ‘अदालत भनेको संवेदनशील स्थान हो र यसका न्यायाधीशहरु उच्च सम्मान तथा जनआस्थामा टिकेका हुन्छन्,’ सिंहले भने, ‘जसरी उनीहरु विवादमा पर्दै जान्छन् र नैतिक धरातल गुमाउँदै जान्छन् त्यसपछि दुःखद् अन्त्य हुन्छ।’ 

पूर्व न्यायाधीश प्रकाश वस्ती  प्रधानन्यायाधीश राणा खेलाडी भएकाले उनले आफ्नो लागि जुनसुकै चाल चल्न सक्ने र अहिले पनि त्यही चाल चलेको टिप्पणी गर्छन्। 

राणाले यसअघि विद्रोह गरेका न्यायाधीशसँग सम्मानजनक बहिर्गमनका विषयमा कुरा गरेको, केही समय बिदा बस्ने र प्रशासनिक काममात्र गर्ने जस्ता कुरा गरेको भएपनि अहिले आएर इजलास तोकेर सुनुवाइ गर्दै खेल खेलेको उनको भनाइ छ। 

‘मैले त मुद्दा सुनुवाइ गर्न खोजेको हो, अरु न्यायाधीशले गरेनन्’ भनेर राणा ‘पानीमाथिको ओभानो’ बन्न खोजेको उनी बताउँछन्। 

प्रधानन्यायाधीशले यसो गरिरहँदा न्यायालयका लागि दुःखद् अवस्था बन्नुका साथै उनको अपमानजनक बहिर्गमनको अवस्था बन्न सक्ने पूर्वन्यायाधीशहरु बताउँछन्। 

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राणासँग अब राजीनामा दिनुवाहेक अन्य कुनै पनि विकल्प नरहेको बताए। राणाले अब पनि पद त्याग नगरे राजनीतिक दलहरु वाध्य भएर महाअभियोगतिर जानुपर्ने उनको विचार छ। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ पनि प्रधानन्यायाधीश राणासँग अब राजीनामा दिने मात्र विकल्प रहेको बताउँछन्। 

शुक्रबारदेखि नेपाल बार एसोसिएसन झन् आक्रामक रुपमा आन्दोलनमा आउने र देशभरबाट उठ्ने आन्दोलनले प्रधानन्यायाधीश राणाको अपमानजकन बहिर्गमन हुने उनको दाबी छ। 

बारले आन्दोलनकै क्रममा प्रधानन्यायाधीशलाई सर्वोच्च नै छिर्न नदिने दिनसमेत आउन सक्ने भएकाले राणाका अगाडि अब विकल्पहरु साँघुरिँदै गएको उनी बताउँछन्। 

नियमित इजलासमा फर्केलान् त न्यायाधीश?

दशैं अघिदेखि सुरु भएको आन्दोलन दोस्रो चरणबाट अब छठपछि तेस्रो चरणमा प्रवेश गर्दैछ। ११ दिन पार गरेको आन्दोलन बिहीबार देखि फरक शैलीमा जानसक्ने छलफल न्यायाधीशहरुले गरिरहेका छन्। 

लामो समयसम्म मुद्दा सुनुवाइ नहुँदा परेको समस्या समाधान गर्ने विकल्पमा जाने बारे उनीहरुले छलफल सुरु गरेका थिए। 

‘बन्दीको मुद्दा मात्र हेर्ने तर, ३० हजार भन्दा धेरै मुद्दा भएको अदालतमा यो लामो समयसम्म सम्भव नहुने भएकाले आगामी दिन कसरी अघि वढ्ने भन्ने विविध विकल्पमा छलफल थालेका छौं,’ एक न्यायाधीशले भने, ‘आन्दोलन पनि नछाड्ने र जनतालाई पनि मर्का नपर्ने विकल्पको खोजी भइरहेको छ।’  फुलकोर्ट बोलाउने, प्रधानन्यायाधीशको संयुक्त इजलास बहिस्कार गर्ने र अन्य कुन–कुन विकल्पमा जाने भन्ने बारेमा  छलफल चलिरहेको ती न्यायाधीशले बताए। 

‘सधै मुद्दा सुुनुवाइ नगर्ने भन्ने हुँदैन र नैतिक रुपमा त्यो सम्भव पनि छैन,’ अर्का एक न्यायाधीशले भने, ‘प्रधानन्यायाधीश अनैतिक भए भन्दैमा हामी विवेकहीन हुन मिल्दैन।’ मुद्दाको सुनुवाइसँगै आफ्नो अजेण्डाहरुमा शशक्त रुपमा प्रस्तुत हुने र सवै कुरा सामूहिक रुपमा १९ जना न्यायाधीशले लिनेगरि अघि बढ्न सक्ने गरि छलफल सुरु भएको ती न्यायाधीशले बताए।

‘बिहीबार हामी  फेरि सामूहिक छलफल गर्छौं अनि त्यसबाट निष्कर्ष निकालेर अघि बढ्छौं,’ ती न्यायाधीशले भने, ‘बारलेसमेत थप आन्दोलनको कार्यक्रम गरिरहेकाले अलि सहज रुपमा अघि बढ्ने विकल्पको खोजी हुन्छ।’ यसको अर्थ प्रधानन्यायाधीशको राजीनामाबाट पछाडि फर्किएको वा छाडेको रुपमा बुझ्न नुहने न्यायाधीशहरुको भनाइ छ। 

‘अहिले पनि राणाको बहिर्गमनका विषयमा हामी एक ठाउँमै छौं,’ अर्का एक न्यायाधीशले भने, ‘हाम्रो लडाइँ न्यायालय बचाउन हो त्यसका लागि केही कदम पछि हट्दै फेरि अघि बढ्नुपर्ने हुन्छ।’  साढे ११पछि सामूहिक छलफलमा बसेर आगामी दिनको बाटो तय गर्ने उनले बताए। 

न्यायाधीशका तर्फबाट गठन भएको वार्ता समितिले थप सहजीकरणको कार्य गरिरहेकाले केही न केही निकास निस्कने ति न्यायाधीशको विश्वास छ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्... बुधबार, जेठ १३, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप बैठकमा बोल्दै उनले संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको टिप्पणी गरिन्। मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्‌मा कहिले सम्बोधन गर्ने हो भन्दै विषय उठाएपछि सभामुख डोलप्रसाद अर्यालले बुर्लाक... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै बुधबार, जेठ १३, २०८३
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन मंगलबार, जेठ १२, २०८३
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्