• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौंमा फैलिएकै हो डेंगु, के भन्छन् चिकित्सक?

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २५, २०७८  ०९:१४
1140x725

काठमाडौं- लगातार ज्वरो आएपछि काठमाडौं मैतीदेवीकी ४८ वर्षीया एक महिला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन्। ज्वरोसँगै उनलाई टाउको दुख्ने, शरीर चिलाउने र आँखा दुख्ने समस्या थियो। समस्या बढ्दै गएपछि उनी कात्तिक १७ गते शुक्रराज अस्पताल पुगेकी थिइन्। 

त्यही दिन कोटेश्वरका एक युवक पनि टाउको दुख्ने, ज्वरो आउने, शरीर तथा आँखा दुख्ने समस्या लिएर अस्पताल पुगे। उनलाई तीन दिनदेखि ज्वराले सताएको थियो। दुवैको डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुको परीक्षण भयो। रिपोर्टले पनि उनीहरुलाई डेंगु भएको प्रमाणित गर्‍यो। 

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार कात्तिक/मंसिरमा काठमाडौंमा डेंगुको समस्या देखिने गर्दछ। काठमाडौंमा दसैँ आसपासदेखि नै डेंगुका बिरामी देखिन थालेको डा पुन बताउँछन्। उनी भन्छन्, ‘विगतका दिनहरुमा हेर्‍यौँ भने काठमाडौंमा कात्तिक–मंसिरमा डेंगुका बिरामी भेटिने गरेको देखिन्छ। त्यस आधारमा हेर्दा अहिले पनि मंसिरसम्म डेंगुको समस्या देखिने अनुमान लगाउन सकिन्छ।’

काठमाडौंमा डेंगुका बिरामी देखिन थालेपनि शुक्रराज अस्पतालमा भने कमै मात्र बिरामी पुग्ने गरेका छन्। कोभिडका बिरामीको उपचार हुने भएकाले पनि शुक्रराज अस्पतालमा डेंगुका बिरामी धेरै नआएको हुन सक्ने उनले बताए। 

काठमाडौंमा तथ्यांक संकलन सुरु, हालसम्म ३२ जना भेटिए
काठमाडौंका विभिन्न ठाउँमा डेंगु देखिन थालेपछि स्वास्थ्य कार्यालय काठमाडौंले तथ्यांक संकलन गर्ने काम सुरु गरेको छ। डेंगु फैलिएको हो वा डेंगुको अवस्था विगतका वर्षमा झैं हो भन्ने हेर्न पनि स्वास्थ्य कार्यालयले काठमाडौंको तथ्यांकलाई सुक्ष्म ढंगले हेर्न थालेको छ।

स्वास्थ्य कार्यालय काठमाडौंले संकलन गरेको तथ्यांक अनुसार काठमाडौंमा हालसम्म ३२ जनामा डेंगुका बिरामी भेटिएका छन्। यद्यपि यो अन्तिम तथ्यांक भने होइन। प्रभावित स्थानहरुबाट हाल तथ्यांक र जानकारी लिने काम भइरहेको कार्यालयकी भेक्टर कन्ट्रोल निरिक्षक गीता आचार्यले बताइन्। 

उनले भनिन्, ‘काठमाडौंमा डेंगु फैलिएको खबर आएपछि हामीले आधिकारिक रुपमा तथ्यांक लिने र अवस्था बुझ्ने काम गरिरहेका छौँ।’ स्वास्थ्य कार्यालय काठमाडौंले उपलब्ध गराएको तथ्यांक अनुसार घट्टेकुलोमा डेंगुका सबैभन्दा धेरै बिरामी भेटिएका छन्। घट्टेकुलोमा मात्र हालसम्म ६ जना बिरामी भेटिएको कार्यालयले जनाएको छ। 

अनामनगरमा १, बागबजारमा २, बानेश्वरमा १, डिल्लीबजारमा १, घट्टेकुलोमा ६, जैसीदेवल, कमलपोखरी, कान्तिपथ, कोटेश्वर, पुतलीसडक, सामाखुशी र शान्तिनगरमा १/१, मैतीदेवीमा २ जना डेंगुका बिरामी फेला परेका छन्। यस्तै, काठमाडौं मात्र भनिएको तर ठेगाना नखुलेको ११ जना बिरामी पनि रहेको आचार्यले जानकारी दिइन्। यी ३२ जना बिरामीहरु काठमाडौंका विभिन्न अस्पतालमा गरिएको परीक्षणका क्रममा भेटिएका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

वीर अस्पतालमा १०, ग्राण्डी इन्टरनेशनल अस्पतालमा ३, कान्ति बाल अस्पतालमा १, काठमाडौं मोडल अस्पतालमा ६, नेपाल मेडिसिटी अस्पतालमा ४, नर्भिक अस्पतालमा ६, ओम अस्पताल र शुक्रराज अस्पतालमा १/१ जना बिरामी भेटिएको कार्यालयको तथ्यांक छ। 

घट्टेकुलोमा डेंगुका बिरामीहरु बढी देखिएकाले बिहीबार त्यहाँका सम्बन्धित निकायहरुसँग छलफल गर्ने तयारी भएको आचार्यले बताइन्। उनले भनिन्, ‘हालसम्म घट्टेकुलोमा डेंगुका धेरै बिरामी देखिएका छन्। तर पनि काठमाडौंका कुन/कुन स्थानमा देखियो भन्ने बारेमा हामी बुझ्दै छौँ। घट्टेकुलोका सम्बन्धित व्यक्तिहरुसँग हामी छलफल गर्ने तयारीमा पनि छौँ।’

गएको आर्थिक वर्ष २०७७/७८ सालमा देशभर डेंगुका ४८९ जना बिरामी मात्र भेटिएका थिए। कोभिडका कारण पनि उक्त आर्थिक वर्षमा डेंगुका बिरामी कम देखिएको हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाई छ। 

७७/७८ मा प्रदेश १ मा २८, प्रदेश २ मा ४, बागमतीमा ७०, गण्डकीमा १४५, लुम्बिनीमा ७३, कर्णालीमा ४८ र सुदूरपश्चिम प्रदेशमा १२१ गरी ४८० जना डेंगुका बिरामी भेटिएका थिए। त्यो वर्ष म्याग्दीमा सबैभन्दा धेरै ८९ जनामा डेंगु पुष्टि भएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै, २०७३/७४ मा २ हजार १११, २०७४/७५ मा ८११ र २०७५/७६ मा ३ हजार ४२५ जना डेंगुका बिरामी भेटिएको महाशाखाको तथ्यांक छ। आव २०७३/७४ मा प्रदेश १ मा ५४३, प्रदेश २ मा ६०९, बागमतीमा ९५, गण्डकीमा २४, प्रदेश ५ मा ८३६, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा १ जना डेंगुका बिरामी भेटिएका थिए। 

आव २०७४/७५ मा प्रदेश १ मा १९, प्रदेश २ मा १२, बागमतीमा ६४, गण्डकीमा ५६८, प्रदेश ५ मा १२०, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा २७ जना डेंगुका बिरामी भेटिएको महाशाखाले जनाएको छ। यस्तै, आव २०७५/७६ मा प्रदेश १ मा ३ हजार १५२, प्रदेश २ मा १२, बागमतीमा १२६, गण्डकीमा २६, प्रदेश ५ मा ९६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १२ जना डेंगुका बिरामी भेटिएका थिए। 

डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ। घर वरिपरि फालिएका बाल्टिन, प्लास्टिक, गाडीका टायरहरुमा पानी जम्मा भए यो लामखुट्टेको लार्भाहरु प्रशस्त हुन सक्ने डा पुनले बताए। ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्। 

निरन्तर बान्ता हुनु, पेट असाध्यै दुख्नु, रक्तस्राव हुनु, आलश्य वा व्यग्रता हुनु, पेटमा पानी जम्नु, कलोजोको आकार बढ्नु खतराका संकेतहरु भएको डा पुनले बताए। उनका अनुसार डेंगु भएका बिरामीमा रगत जाँच गर्दा प्लेटेलेट्सको संख्या तिव्र गतिमा घट्ने गरेको पाइएको छ। 

डेंगु फैलाउने लामखुट्टे र रोगको पहिचान समयमै गर्न सके प्रकोप तथा संक्रमित जटिल अवस्थामा जानबाट रोक्न सकिने डा पुन बताउँछन्। डेंगु देखिएको ठाउँमा खोज र नष्ट गर अभियान सञ्चालन गर्नुपर्नेमा उनी जोड दिन्छन्। 

‘खतराका संकेतहरु देखिने बित्तिकै चिकित्सकको परामर्श जानु पर्दछ। डेंगुको नियन्त्रण भनेको लामखुट्टलाई नष्ट गर्नु नै हो। डेंगु देखिएको ठाउँमा खोज र नष्ट गर अभियान सञ्चालन गर्नु पर्दछ’ उनले भने। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्