काठमाडौं– बिहीबारदेखि राष्ट्रिय जनगणना, २०७८ सुरु हुँदे छ। सो अवसरमा उक सन्देश जारी गर्दै प्रधानमन्त्री शेरहादुर देउवाले गणकहरूलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन्।राष्ट्रिय जनगणनाअन्तर्गत यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म प्रत्येक घरघरमा जनगणना गर्नका लागि गणक आउँदै छन्।
सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न उनले सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन्।
प्रधानमन्त्रीद्वारा जारी सन्देशमा जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गरेका छन्। जनगणना देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको उनको भनाइ छ।
प्रधानमन्त्री देउवाले यस जनगणनामा पहिलोपटक सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहेका नेपालीकोसमेत जनसाङ्ख्यिक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवासुविधासम्बन्धी विवरण सङ्कलन हुने उल्लेख गरेका छन्।
यसबाट प्राप्त हुने तथ्याङ्क केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुने उनको सन्ज्देशमा उल्लेख छ। ‘विगतमा हामी कुन अवस्थामा थियौँ, अहिले कुन अवस्थामा छौँ र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ भन्ने कुरा थाहा पाउनका लागि पनि जनगणना अपरिहार्य हुन्छ,’ उनले सन्देशमा उल्लेख गरेका छन्।
जनताले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउनसमेत प्रधानमन्त्री देउवालेसम्पूर्ण देशवासीलाई अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।