काठमाडौं- २३९ क्रियाशील सदस्यको फर्जी नाम थपेर जिल्लाको निर्वाचन समितिलाई बुझाउन लागिएको भन्दै बाँकेमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।
यसअघि पार्टीको वेबसाइटमा प्रकाशित अन्तिम नामावलीबाहेकका २३९ जनाको फर्जी नाम थपेर जिल्लाको निर्वाचन समितिलाई पठाउन थालेको लिस्ट बाहिरिएपछि निर्वाचन कार्यक्रम रोक्न माग गर्दै बुधबार तालाबन्दी गरिएको हो।
नेताहरु तप्त पौडेल, ज्ञानु केसी, हुर्मत न्यौपानेलगायतले पार्टी कार्यालयमा रहेको निर्वाचन सचिवालयमा तालाबन्दी गर्न खोजेपछि निर्वाचन समितिको टोली बाहिरिएको सहायक निर्वाचन अधिकृत चित्र बहादुर शाहीले बताए।
फर्जी दाबी गरिएका २३९ सदस्यमध्ये अधिकांश क्षेत्र नम्बर १ का छन्। उनीहरु कोहलपुर, राप्तीसोनारी, नरैनापुरका, खजुरा र बैजनाथका हुन्।
योसँगै बाँकेको अधिवेशन फेरि अनिश्चिततातर्फ धकेलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।